विराटनगर– विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले आयोजना गरेको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा सहभागी प्रशिक्षार्थी विद्यार्थीहरुलाई क्याम्पस प्रमुख भरत सापकोटा, मुख्य प्रशिक्षक कवि एवं पत्रकार मीनकुमार नवोदित, एचओडी म्यानेजम्यान्ट विभागका प्रमुख भूपाल मिश्र, आइटी विभागका प्रमुख सुमितकुमार साह र एचओडी होटल म्यानेजमेन्ट विभाग प्रमुख अञ्जु भुलेजले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेको थिए ।
अहिलेको विश्व बोल्नेहरूको भएकाले विद्यार्थीलाई पनि बोल्ने र उद्घोषण कलाबारे जानकारी दिई उनीहरूको क्षमता विकास गर्न कलेजले तालिमको आयोजना गरेको क्याम्पस प्रमुख सापकोटाले बताए । विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासमा कलेजले पूर्ण रुपमा ध्यान दिएको उनको भनाइ थियो । पाठ्यक्रमको अध्ययनसँगै कलेजले विद्यार्थीको रुचीअनुसारका अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउँदै आएको प्रमुख सापकोटाले बताए । प्रमुख सापकोटाले एकहप्ताको तालिमबाट विद्यार्थीमा धेरै नै परिस्कार आएको उल्लेख गरे । कलेजले आयोजना गर्ने हरेक कार्यक्रममा अबदेखि तालिम लिएका विद्यार्थीलाई मात्रै उद्घोषणको अवसर दिने उनले प्रष्ट पारे ।
तालिमपछि विद्यार्थीको वाकक्षमतामा आमूल परिवर्तन आएको देखेरि अत्यन्तै खुसी लागेको प्रशिक्षक नवोदितले बताए । उनले कलेजले विद्यार्थीका लागि उद्घोषण तथा भाषणकला सिक्ने अवसर प्रदान गरेकोमा धन्यवादसमेत दिए । तालिममा उद्घोषणसँगै भाषणकला, व्यक्तित्व विकास, बोल्दा प्रयोग गरिने शब्द चयन, भाषाशैलीलगायतका विषय विद्यार्थीलाई जानकारी गराएको प्रशिक्षक नवोदितको भनाइ थियो । एउटा सफल उद्घोषकले जस्तोसुकै कार्यक्रममा मन्तव्यसमेत दिन सक्ने नवोदितले दाबी गरे ।
समापन समारोहमा रेलिसा अधिकारी, प्रशिका पराजुली, स्मृति सुवेदी, शिवु शर्मा, प्रशान्त भट्टराई, स्वस्तिका तिम्सिना, आनन्दी यादव, ऋषव श्रेष्ठ, टिना श्रेष्ठ, प्रतिशा ताम्राकार, रुख्सा जेवा, पूजा सिंह, ऐश्वर्य आचार्य, जाकिया खातुनलगायतले आफ्नो अनुभव सुनाएका थिए । कलेजले विद्यार्थीमा सबै क्षेत्रको ज्ञान होस् भनेर बेलाबेला खेलकुदसँगै वक्तृत्वकला, हाजिरीजवाफ, कविता, वादविवाद प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख सापकाटोले बताए । केही दिनअघि कलेजले कोशी प्रदेशस्तरीय पब्जी प्रतियोगिता आयोजना गरेको थियो । यस्तै शनिबार मात्रै कोशी प्रदेशस्तरीय सेफ प्रतियोगितासमेत आयोजना गरेको थियो ।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares