१ साउन २०८२, बिहीबार 17 Jul 2025, Thursday

केन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड

द नेप्लिज संवाददाता
३१ असार २०८२, बुधबार

विराटनगर– नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले पार्टीको अनुशासन समितिले गरेको कारबाहीको विषयमा केन्द्रीय समितिको निर्णय अन्तिम हुने बताएका छन् । विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा नेता खाँडले कारबाहीमा परेका नेताहरु पनि केन्द्रीय सदस्य रहेकोले उहाँहरुले पनि आफ्ना कुरा राख्ने र त्यसपछि मात्रै असन्तिम निर्णय हुने बताएका हुन् । 

उनले अनुशासन समितिले गरेको निर्णयलाई सौहार्दपूर्ण तरिकाले लिनु पर्ने र यो कारबाहीको बारेमा अनुशासन समितिमा छलफल हुने बताएका छन् । 

नेपाली कांग्रेसले विभिन्न पार्टीसँग गठबन्धन गरेर सरकार बनाउँदै आएको र अहिले नेकपा एमालेसँग गठबन्धन गरेर सरकार बनाएको विषयलाई स्वभाविक रुपमा लिनुपर्ने नेता खाँडले बनाएका हुन् । सात बुंदे सहमतिमा संविधान संशोधन सबैभन्दा महत्वपूर्ण विषय हो र सर्वस्विकार्य संविधान बनाउनका लागि संशोधनका लागि कांग्रेसले प्रयास गरिरहेकोले यसले सकारात्मक परिणाम ल्याउने उनले विश्वास व्यक्त गरेका छन् । 

प्रकाशित : ३१ असार २०८२, बुधबार 00:19
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved