विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्री क्वाटरमा बिचौलियाले घुसको ब्रिफकेस बिहानै पर्ययाउने गरेको जिकिर गरेका छन् ।
कोइरालाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीले घुसको प्रमाण जुटेका मन्त्रीलाई बर्खास्त गर्नुपर्नेमा मिठा कुरा गरेर मन्त्रिपरिषद् बैठकमा भाग लिने गरेको व्यंग्य गरेका हुन् । नेता कोइरालाले सदनमा विपक्षीले कर्मकाण्डी राजिनामा मागेको समेत आरोप लगाएका छन् । कांग्रेसलाई हरेक सरकारी बेथितिको साक्षी बस्नु परेको भन्दै कोइरालाले आपत्ति जनाएका हुन् ।
‘यस्तै रहेछ यहाँको चलनः मन्त्री क्वाटरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद् बैठकमा भाग लिन्छन्,’ उनले लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठबन्धनका सहयात्री नेपाली कांग्रेस भने–साक्षी किनाराका सदर भएका छौं ।’
समाचार
सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातावन विनासमा प्रभावशाली व्यक्ति जोडिएपछि सचिव घिमिरेले लुकाए छानबिन प्रतिवेदन
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares