मन्त्री राईले आफू मन्त्रालय सम्हाल्दै गर्दा इमानदारीतापूर्वक वित्तीय अनुशासन कायम गर्दै मन्त्रालयमा सुशासनको प्रत्याभूति गराउने गरेको प्रतिबद्धता अनुसार दिएको निर्देशन बमोजिम कर्मचारीले पारदर्शी तरिकाले औजार उपकरण खरिद गर्दा शतप्रतिशत भौतिक प्रगति आधा बजेटले नै हुनगएको
विराटनगर– स्वास्थ्य मन्त्रालय कोशीले चालु आर्थिक वर्ष २०८१/०८२ मा मितव्ययी तरिकाले काम गरी मन्त्रालयको अनावश्यक खर्च कटाउन सफल भएको छ । स्वास्थ्यमन्त्री भूपेन्द्र राईले आफूले मन्त्रालय सम्हाल्दै गर्दा मितव्ययी तरिकाले काम गर्दै मन्त्रालयमा सुशासन कायम गर्ने गरेको प्रतिबद्धता अनुसार भौतिक प्रगति शतप्रतिशत हुँदा आर्थिक प्रगति ७० प्रतिशत मात्रै भएको बताएका छन् । उनले मन्त्रालयको सबै काम गरेर पनि प्रदेश सरकारको ३० प्रतिशत बजेट जोगाउन सफल भएको बताएका हुन् ।
मन्त्रालयले पोर्टेवल अल्ट्रासाउण्ड १४ थान मेसिन खरिदका लागि एक करोड ८० लाख बजेट विनियोजन गरेको थियो । तर ठेक्का प्रक्रियामा उक्त मेसिन खरिद गर्दा ९८ लाख ८७ हजार पाँच सयमात्रै खर्च भएको र ८१ लाख १२ हजार पाँच सय बजेट बचत भएको मन्त्री राईले बताए ।
‘फुल्ली अटोमेटिक बायोकेमिस्ट्री एनलाइजर १० थान खरिदका लागि दुई करोड ५० लाख बजेट विनियोजन गरिएको थियो तर ५५ लाख ३७ हजारमा नै उक्त परिमाणको एनालाइजर खरिद गर्न सफल भयौँ र एक करोड ९४ लाख ६३ हजार बजेट जोगायौँ,’ उनले भने, ‘हेमाटोलोजी एनालाइजर फाइभ पार्टस २० थान खरिदका लागि दुई करोड विनियोजित बजेटमध्ये ५७ लाख ५० हजार ८ सय ५२ रुपैयाँ मात्रै खर्च गरेर किन्न सफल भएका छौँ ।’
चालू आर्थिक वर्षमा लक्ष्य अनुसारको स्वास्थ्यसम्बन्धी औजार उपकरण खरिद गर्न कूल विनियोजित बजेटको ५०.५६ प्रतिशत मात्रै खर्च भएको छ भने गत वर्ष ८२.२४ प्रतिशत खर्च भएको थियो । मन्त्रालयले औजार उपकरण गत वर्षभन्दा यस वर्ष ३१.६८ प्रतिशत सस्तोमा खरिद गरेको देखियो ।
यी स्वास्थ्य उपकरणलगायत सेमीअटोमेटिक बायोकेमिस्ट्री १५ थान, इसिजी मेसिन १२ थान, ल्याप्रोस्कोप सेट ३ थान, एनेस्थेसिया मेसिन एक थान, अल्ट्रासाउण्ड उइथ इकोप्रोभ एक थान, विद्यालय नर्सिङको लागि औजार उपकरण, मर्चरी सब गृह फ्रिज दुई थान खरिदका लागि कूल विनियोजित ११ करोड १५ लाख बजेटमध्ये पाँच करोड ६३ लाख ६९ हजार सात सय मात्रै खर्च गरेर किन्दा प्रदेश सरकारलाई करिब आधा बजेट ५ करोड ५१ लाख ३० हजार तीन सय बचत गर्न सफल भएको मन्त्री राईको भनाइ छ ।
तर मन्त्रालयले गत आर्थिक वर्ष २०८०–०८१ मा स्वास्थ्यसम्बन्धी औजार उपकरण खरिदका लागि विनियोजन गरेको कूल १४ करोड २४ लाख बजेटमध्ये ११ करोड ७१ लाख ३ हजार ३६९ रुपैयाँ खर्च गरेर लक्ष्य अनुसारको खरिद गर्दा दुई करोड ५२ लाख ९६ हजार ६३१ रुपैयाँ मात्रै बचत भएको थियो । चालू आर्थिक वर्षमा लक्ष्य अनुसारको स्वास्थ्यसम्बन्धी औजार उपकरण खरिद गर्न कूल विनियोजित बजेटको ५०.५६ प्रतिशत मात्रै खर्च भएको छ भने गत वर्ष ८२.२४ प्रतिशत खर्च भएको थियो । मन्त्रालयले औजार उपकरण गत वर्षभन्दा यस वर्ष ३१.६८ प्रतिशत सस्तोमा खरिद गरेको देखियो ।
मन्त्रालयको स्वास्थ्यसम्बन्धी औजार उपकरण खरिदमा गत वर्ष र चालु आवमा भएको खर्चलाई हेर्दा गत, विगत वर्षमा व्यापक भ्रष्टाचार हुँदै आएको रहस्य उजागर भएको छ । मन्त्री राईले आफू मन्त्रालय सम्हाल्दै गर्दा इमानदारीतापूर्वक वित्तीय अनुशासन कायम गर्दै मन्त्रालयमा सुशासनको प्रत्याभूति गराउने गरेको प्रतिबद्धता अनुसार दिएको निर्देशन बमोजिम कर्मचारीले पारदर्शी तरिकाले औजार उपकरण खरिद गर्दा शतप्रतिशत भौतिक प्रगति आधा बजेटले नै हुनगएको बताएका हुन् । गत, विगत वर्षमा के, कसरी बजेट खर्च भएर औजार उपकरण खरिद भएको आफूलाई जानकारी नभएको तर आफूले आधा बजेटमा नै लक्ष्य अनुसारको औजार उपकरण खरिद गरेको उनकोभनाइ थियो ।
यस्तै, औषधी खरिदमा प्रदेश सरकारको कूल बजेट ६ करोड ८० लाखबाट ५ करेड ६० लाख २९ हजार एक सय रुपैयाँ खर्च गरेर लक्ष्य अनुसारको औषधी खरिद गर्दा एक करोड १९ लाख ७० हजार नौ सय रुपैया बचत गर्न मन्त्रालय सफल भएको छ । यस्तै, संघ सरकारको सशर्त अनुदानतर्फ औषधी खरिदका लागि आएको तीन करोड ४३ लाख ६० हजार बजेटमध्ये ३ करोड ९ लाख ९६ हजार खर्च गरेर लक्ष्य अनुसारको औषधी खरिद गरी ३३ लाख ६३ हजार बचत गरिएको छ ।
मन्त्रालयले चालू आर्थिक वर्षमा प्रदेश सरकारले औषधी खरिदका लागि विनियोजन गरेको कूल १० करोड २३ लाख ६० हजार बजेटमध्ये ८ करोड ७० लाख २५ हजार ११६ रुपैयाँ अर्थात कूल बजेटको ८०.०२ प्रतिशत खर्च गरेर लक्ष्य अनुसारको औषधी खरिद गरेको छ भने गत वर्ष कूल १२ करोड ४० लाख बजेटमध्ये १० करोड ८ लाख ५३ हजार ५९७ रुपैयाँ अर्थात् कूल बजेटको ८१ दशमलव ३३ प्रतिशत खर्च गरेर औषधी खरिद गरेको थियो ।
मन्त्रालयले लक्ष्य अनुसारको औजार उपकरण खरिदमा गत वर्षभन्दा ३१.६८ प्रतिशत सस्तो र औषधी १.३१ प्रतिशत सस्तोमा खरिद गरेको देखियो । मन्त्री राईले दिएको निर्देशन अनुसार कर्मचारीले खरिद प्रक्रिया पारदर्शी बनाएपछि मन्त्रालयले सस्तोमा औजार उपकरण र औषधी खरिद गर्न सफल भएको हो । यो तथ्यांक अनुसार गत विगत वर्षमा औजार उपकरण र औषधी खरिदमा भएको अनियमितता उजागर गरिदिएको छ । मन्त्री राईले औजार उपकरण, औषधीलगायतको सामग्री खरिद गर्दा मन्त्रालयले निर्धारण गरेको मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नभएको स्पष्ट पारेका हुन् ।
मन्त्रालयले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्यसम्बन्धी औजार उपकरणका लागि ७ करोड ६० लाख र औषधीका लागि ४ करोड ४४ लाख ९७ हजार बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षमा कडा रोगका एक हजार सात सय १५ जना विरामीलाई ८ करोड ८२ लाख २३ हजार ८८२ रुपैयाँ आर्थिक सहयोग वितरण गरेको छ । आर्थिक सहयोगका लागि कूल दुई हजार पाँच सय ५६ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये चालु आवमा आर्थिक सहायता लिन छुट भएका बिरामीले आवश्यक कागजात मन्त्रालयमा पेस गरे आउँदो आर्थिक वर्षमा समेत भुक्तानी दिनका लागि बजेट सुनिश्चित गरिएको मन्त्री राईले बताए ।
मन्त्री राईले कडा रोग लागेका बिरामीलाई आउँदो आर्थिक वर्षबाट मन्त्रालयले निःशुल्क बीमा गराएर सहयोग गर्ने कार्यक्रम ल्याएको बताएका छन् । स्वाथ्य मन्त्रालयले चालु आर्थिक वर्षमा कूल विनियोजित तीन अर्ब ४३ करोड २३ लाख ९२ हजार बजेटमध्ये ७०.१९ प्रतिशत अर्थात् दुई अर्ब ४० करोड ९० लाख ४१ हजार खर्च गरेको छ ।
स्वास्थ्य
टाउको र घाँटीको क्यान्सर पीडितका लागि आशा जगाउने खबर
द नेप्लिज संवाददाताशिक्षण अस्पतालको लक्ष्यसहित जीवन विकास सामुदायिक अस्पताल निर्माण सम्पन्न
द नेप्लिज संवाददाताअस्वच्छ खानाबाट झाडापखालादेखि क्यान्सरसम्म २ सय रोग
औषधी व्यवसायी संघको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम
द नेप्लिज संवाददातामन्त्री राईद्वारा खोटाङ अस्पताल ५० शैय्यामा स्तरोन्नति गरी सेवा शुभारम्भ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares