विराटनगर– शिक्षक र विद्यालयका कर्मचारीहरुको माग सम्बोधन हुने गरी शिक्षा ऐन तत्काल सदनबाट पारित गराउन नेपाल शिक्षक महासंघ आन्दोलनमा उत्रेका छन् । महासंघ कोशीले बिहीबार कोशी प्रदेश मुख्यमन्त्री, सामाजिक विकासमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै विराटनगरमा प्रदर्शन गरेको छ ।
उनीहरुले पेशागत हकहित र सामाजिक सेवा सुरक्षाको ग्यारेन्टीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएर प्रदर्शन गरेका थिए । शिक्षा ऐन संसदको चालु हिउँदे अधिवेशनबाट पारित गर्नुपर्ने उनीहरुको माग छ ।
नेपाल शिक्षक महांसघ आन्दोलन परिचालन समिति कोशी प्रदेशको नेतृत्वमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन , अखिल नेपाल शिक्षक संगठन, प्रगतिसिल नेपाल राष्ट्रिय शिक्षक संगठन , नेपाल विद्यालय कर्मचारी परिषद् आन्दोलनमा उत्रेका हुन् ।
विभिन्न पेशागत र शैक्षिक माग राखेर लामो समयदेखि आन्दोलित शिक्षक र विद्यालयका कर्मचारीहरूसँग सरकारले पटक पटक वार्ता गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन सकेको छैन । यी सबै सहमति समेटिएको शिक्षा ऐन अब सदनबाट तत्काल पारित गराउन आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेलले बताए ।
शिक्षा/प्रविधि
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताअनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन सम्बन्धी तालिम सम्पन्न
द नेप्लिज संवाददाताकान्तिपुर कलेजको कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares