सुनसरी– अर्ना र चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक उल्लेखनीय रूपमा बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क देशका तथा २१० जना अन्य विदेशी पर्यटकले आरक्षको भ्रमण गरेका छन्।
आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार सो अवधिमा पर्यटकबाट २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व संकलन गरिएको छ। ‘हिउँद सुरु भएपछि आरक्षमा पर्यटक आगमन दर उल्लेखनीय रूपमा बढेको छ,’ उनले भने ।
नेपालमा मात्र पाइने दुर्लभ अर्ना, पुनः स्थापना गरिएको गैँडा र साइबेरियालगायतका देशबाट आउने पाहुना चराको अवलोकन गर्नको लागि पर्यटक आकर्षित हुने गरेको यादवको भनाइ छ। आरक्षमा हाल ५२० प्रजातिका चराले वासस्थान बनाएका छन्।
कोशी प्रदेश सरकारले पछिल्लो समय छिमेकी भारतका पर्यटक आकर्षित गर्ने उद्देश्यले विभिन्न अभियान थालेको छ। केही दिनअघि प्रदेश सरकारले नेपाल–भारत सीमा क्षेत्र कोसी गाउँपालिका–८ स्थित भण्टाबारी नजिक भारतीय सवारी साधन र पर्यटकलाई सहज प्रवेश गराउन ‘स्टीकर अभियान’ सुरु गरेको थियो। (स्रोतः रासस)
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares