५ साउन २०८२, सोमबार 21 Jul 2025, Monday

सुनको मूल्यमा ऐतिहासिक वृद्धि, एकै दिनमा ५,७०० रुपैयाँ बढ्यो

द नेप्लिज संवाददाता
२८ चैत २०८१, बिहीबार

काठमाडौँ – बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । अघिल्लो दिन तोलामा २ हजार रुपैयाँ बढेको सुन बिहीबार एकै दिनमा ५ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८१ हजार १ सय रुपैयाँको नयाँ उच्चतम मूल्यमा पुगेको छ । यसअघि गत शुक्रबार सुनको मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो ।

यसैगरी चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर आज १ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८ सय ३५ रुपैयाँ थियो । सुनको मूल्यमा यो अप्रत्याशित वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभावले भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूसँगको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि स्थगित गरेको घोषणा गरेपछि सुनको मूल्यमा वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा एकै दिनमा सुनको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ ।

वर्तमानमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १ सय डलर नाघेको छ । यो विकसित घटनाक्रमले नेपाली बजारमा पनि सुनको मूल्यमा तीव्र उतारचढाव ल्याएको छ । उपभोक्ताहरूका लागि ठूलो चिन्ता बनिरहेको छ ।

प्रकाशित : २८ चैत २०८१, बिहीबार 12:21

थप समाचार

अर्थ/वाणिज्य

मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ

द नेप्लिज संवाददाता

प्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित

द नेप्लिज संवाददाता

सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने

द नेप्लिज संवाददाता

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved