विराटनगर— वैदेशिक रोजगारीको प्रलोभनमा पारेर पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिलालाई शनिबार प्रहरीले पक्राउ गरेको खुलासा भएको छ ।
पक्राउ परेकी महिला गोकर्णेश्वर नगरपालिका–५ बस्ने र महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थायी घर भएकी ३३ वर्षीया दिपा कुमारी पोख्रेल हुन्। उनले राजनीतिक एवं समाजसेवी छविको आडमा ठगेको प्रहरी स्रोतले जनाएको छ ।
उनले पोल्याण्ड पठाइदिन्छु भन्दै एक व्यक्तिसँग २ लाख रुपैयाँ लिएकी थिइन्। तर रकम लिएको केही समयपछि उनी सम्पर्कविहीन भएकी थिइन्।पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पोख्रेललाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभागमा बुझाइएको छ।
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares