५ साउन २०८२, सोमबार 21 Jul 2025, Monday

सगरमाथा छिटो उक्लेको दाबी गर्ने अमेरिकी नागरिक त्रिभुवन विमानस्थलबाट २० हजार डलरसहित पक्राउ

द नेप्लिज संवाददाता
१३ जेठ २०८२, मङ्गलबार

विराटनगर – सगरमाथा छिटो चढेको दाबी गर्ने युक्रेनी–अमेरिकी नागरिक एन्ड्रु उसाकोभ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलर अवैध रूपमा लैजान खोज्दा राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ।

पूर्व ब्रिटिस गोर्खा सैनिक तथा विश्व कीर्तिमानी आरोही निम्स (निर्मल) पुर्जाको स्वामित्वमा रहेको ‘इलीट एक्सपेड’ कम्पनीका क्लाइेन्ट रहेका उसाकोभले मई १५ मा समुद्री सतहबाट यात्रा सुरु गरी मई १९ को बिहान ९ बजेर २२ मिनेटमा सगरमाथा शिखर चुमेको दाबी गरेका छन्। कुल ३ दिन २३ घण्टा ७ मिनेटमा गरिएको उक्त आरोहणको दाबी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले छानबिन गरिरहेको छ।

विमान चढ्नुअघि उसाकोभको झोलामा लुकाइएको डलर भेटिएपछि उनलाई राजस्व अनुसन्धान विभागमा बुझाइएको थियो। विदेशी मुद्रा ऐन उल्लंघन गरेको ठहर गर्दै विभागले उनलाई ६० हजार डलर जरिवाना तोकेको छ। तर जरिवाना नतिरेकाले उनी हालसम्म हिरासतमा रहेका छन्।

अनुसन्धानका क्रममा उसाकोभले सगरमाथा आरोहणका लागि अक्सिजनबिनै सहायता पुर्याउने ‘जेनन ग्यास’ र ‘हाइपोक्सिक टेन्ट’ प्रयोग गरेको दाबीसमेत उठेको छ। यो विषय पनि छानबिनको दायरामा परेको छ। अर्कोतर्फ निम्स पुरजाको ‘इलीट एक्सपेड’ टोलीले उसाकोभको रिहाइका लागि पहल गरिरहेको जनाइएको छ।
 

#एन्ड्रु #उसाकोभ

प्रकाशित : १३ जेठ २०८२, मङ्गलबार 07:40

थप समाचार

अर्थ/वाणिज्य

मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ

द नेप्लिज संवाददाता

प्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित

द नेप्लिज संवाददाता

सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने

द नेप्लिज संवाददाता

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved