५ साउन २०८२, सोमबार 21 Jul 2025, Monday

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन पक्राउ

द नेप्लिज संवाददाता
२२ वैशाख २०८२, सोमबार

विराटनगर — वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाइ विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरुलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका–३ घर भइ काठमाडौँ गोकर्णेश्वर–३ बस्ने ३६ वर्षीय जितेन्द्र बस्नेत, उदयपुर उदयपुरगढी गाउँपालिका–६ घर भइ काठमाडौँ–१५ बस्ने ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ र स्याङ्जा वालिङ नगरपालिका–७ घर भइ काठमाडौँ–२६ बस्ने ५६ वर्षीय नर बहादुर खड्का छन्।

प्रहरीका अनुसार जितेन्द्र बस्नेतले क्रोएसिया पठाइदिन्छु भन्दै एक  पीडितबाट ५ लाख रुपैयाँ, नरेन्द्र तामाङले युएई पठाइदिन्छु भन्दै दुई पीडितबाट ३ लाख रुपैयाँ र नर बहादुर खड्काले पोर्चुगल पठाइदिन्छु भन्दै एक पीडितबाट ४ लाख ६५ हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले जितेन्द्र बस्नेतलाई काठमाडौँ–९ बाट, नरेन्द्र तामाङलाई काठमाडौँ–२२ बाट र नर बहादुर खड्कालाई काठमाडौँ–१२ बाट क्रमशः शुक्रबार र आइतबार पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको छ। अर्को एक घटनामा क्रोएसिया पठाइदिन्छु भनेर तीन लाख ७५ हजार ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको शंखरापुरका राजिन स्याङ्तानलाई पक्राउ गरेको छ । काठमाडौँको बौद्धबाट आइतबार स्याङ्तान पक्राउ परेका हुन् । 

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने घटनाहरू दिनप्रतिदिन बढ्दो क्रममा छन्। आकर्षक तलब र सुविधाको प्रलोभन देखाइ विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू सक्रिय छन्। यस प्रकारका घटनाहरूले वैदेशिक रोजगारीको सपना देख्ने युवालाई मानसिक, आर्थिक र सामाजिक रूपमा प्रभावित पार्ने गरेका छन्।

प्रहरीद्वारा यस्ता व्यक्तिहरूको पक्राउले केही हदसम्म राहत मिल्ने भए पनि दीर्घकालीन समाधानका लागि सरकार र सम्बन्धित निकायहरूले जनचेतना अभिवृद्धि, कडाइका साथ कानुनी कारबाही, र वैदेशिक रोजगार सम्बन्धी प्रक्रियाहरूलाई पारदर्शी बनाउनेतर्फ ध्यान दिन आवश्यक छ।
 

प्रकाशित : २२ वैशाख २०८२, सोमबार 20:22

थप समाचार

अर्थ/वाणिज्य

मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ

द नेप्लिज संवाददाता

प्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित

द नेप्लिज संवाददाता

सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने

द नेप्लिज संवाददाता

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved