विराटनगर– भारतले नेपाललाई थप ६०० मेगावाट विद्युत दिने निर्णय गरेको छ । ऊर्जा मन्त्रालयका अनुसार यो विद्युत इण्डियन इनर्जी एक्सचेञ्जबाट प्राप्त हुनेछ । ढल्केवर–मुजफ्फरपुर प्रशारण लाइनमार्फत नेपालमा आपूर्ति हुनेछ । यस निर्णयपछि नेपालले थप चार घण्टा विद्युत आपूर्ति पाउनेछ ।
ऊर्जा मन्त्री दीपक खड्काले भने,‘नेपाललाई २४ घण्टा विद्युत आपूर्ति गर्न सरकार प्रतिबद्ध छ, लोडसेडिङका हल्लामा नपर्नुहोस् ।’ उनीसँगै, परराष्ट्र मन्त्री आरजु राणाको कूटनीतिक पहल र आग्रहले भारतलाई थप विद्युत आपूर्ति गर्न प्रेरित गरेको बताइएको छ ।
भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो । भारतले मध्यरातदेखि बिहान ४ बजे, विहान ६ बजेदेखि साँझ ५ बजे र राति ११ बजेदेखि १२ बजेसम्म विद्युत् दिने सहमति जनाएको हो । टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट थप ५४ मेगावाट विजुली आयात गर्न सकिने बताइएको छ ।
हालको स्थिति अनुसार नेपालका उद्योगहरूमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भइरहेको छ । भारतसँग भएको यस सहमतिको प्रभावले सुख्खायाममा हुने विद्युत संकटलाई केही हदसम्म समाधान गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares