काठमाडौँ /तनहुँ — स्रोत नखुलेको एक करोडभन्दा बढी नगदसहित देशका दुई स्थानबाट ६ जना पक्राउ परेका छन्।
काठमाडौँको पिङ्गलास्थानबाट आइतबार साँझ ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि २ वटा मोटरसाइकलमा शंकास्पद रुपमा आएका उनीहरूलाई रोकी खानतलासी गर्दा रकम फेला परेको हो। झोलामा रहेको उक्त नगदको स्रोत खुल्न नसकेको सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहोराले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट १४ लाख रुपैयाँसहित गोरखा शहिद लखन गाउँपालिका–८ का २५ वर्षीय बिमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
मुग्लिङ पुल जिप अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना.४० प २६४१ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूबाट नगद फेला परेको प्रहरीको भनाइ छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares