७ वैशाख २०८२, आइतबार 20 Apr 2025, Sunday

'श्री ५’ लेख्ने रमेशराज वास्तोला पदमुक्त

द नेप्लिज संवाददाता
२८ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर- नेपाल सरकारको लेटरहेडमा ‘श्री ५’ सम्बोधन गर्ने पोर्चुगलको लिस्बन सहरको पर्यटन प्रवर्द्धक रमेशराज वास्तोला पदमुक्त भएका छन् । चिरपरिचित राजावादी वास्तोलालाई गणतन्त्रवादी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेको बेला पार्टीकै नेताहरुको सिफारिसमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उक्त पदमा नियुक्त गरेका थिए ।

उनले केही दिनअघि पूर्वराजाको समर्थनमा एक विज्ञप्ति जारी गर्दै ‘श्री ५’ सम्बोधन गरेका थिए । लगत्तै २४ घण्टे म्याद तोकेर उनीसँग संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टिकरण मागेको थियो ।

जवाफ चित्तबुझ्दो नभएपछि पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ । यस मन्त्रालयको मिति २०८१।११।१३ को निर्णयअनुसार दुई वर्षको लागि पोर्चुगलको लिस्बनमा पर्यटन प्रवर्द्धकमा नियुक्त रमेशराज वास्तोलालाई पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम मिति २०८१ ।११ । २५ गते लिखित स्पष्टीकरण सोधिएकोमा निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले ऐ. कार्यविधिको दफा ५ बमोजिम मिति २०८१।११।२६ (मा. मन्त्रीस्तर) को निर्णयअनुसार निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाइएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित : २८ फागुन २०८१, बुधबार 08:47
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved