विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैका निर्णयहरुको विरोधमा प्राडा गोविन्द केसीले सडक प्रदर्शन गरेका छन् । ट्रम्पको प्रशासनले पुनर्विचारको लागि अनुरोध गर्दै उनी काठमाडौँको सडकमा उत्रिएका हुन् ।
दूतावास नजिकै उनले प्ले कार्डसहित प्रदर्शन गरेका छन् । अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले अरू देशलाई दिँदै आएको सहायतामा कटौती गरेका थिए ।
अर्बपति ब्यापारी इलन मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डोज) ले अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित ६ परियोजना रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनावश्यक सरकारी खर्च कटौती गर्न मस्कको अगुवाइमा डोज गठन गरेका हुन् ।
डोजले यूएसएडको अनुदान सहयोगमा सञ्चारभर चलिरहेको २ सय ३० भन्दा बढी करार रद्द गरेको छ । यसमा नेपालका परेका ६ वटा परियोजनाको लागत १६ करोड ८१ लाख अमेरिकी डलर (२३ अर्ब ५४ करोड रुपैयाँ छ ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares