४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

ट्रम्पको अडान सामु मोदीको केही चलेन

द नेप्लिज संवाददाता
२ फागुन २०८१, शुक्रबार

Advertisement

मोदीले अमेरिकाको ब्यापार घाटालाई केही राहत दिने संकेत दिंदै कुट्नीतिक रुपमा विश्वभर ट्रम्पले लागु गर्न लागेको कर छुटको अपेक्षा गरेका थिए । तर मोदीको उक्त आकांक्षा ट्रम्पले पुरा गरेनन् । यो भेटको दुई घण्टा अगाडि ट्रम्पले विश्वभरका देशसँग बरोबर कर नीतिको घोषणा गरिसकेका थिए । भारतले अमेरिकालाई आफ्नो देशमा तेल निर्यातमा प्राथमिकता दिएर ४५ अर्ब डालरको अमेरिकी व्यापार घाटालाई कम गर्न सकिने ट्रम्पले बताए ।

विराटनगर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान जुन चाहनाका साथ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटे, त्यो चाहिँ ट्रम्पको अडान सामु कमजोर पर्यो । 

ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणलाई आफ्नो पक्षमा पारेका छन् । व्यापार घाटा कम गर्नलाई भारतले अमेरिकासँग एफ–३५ विमानहरुसहित पहिलेभन्दा बढी मात्रामा तेल, ग्यास र हार्डवेयर खरिद गर्ने ट्रम्पले मोदीकै उपस्थितिमा भनेका छन् ।

मोदीले अमेरिकाको ब्यापार घाटालाई केही राहत दिने संकेत दिंदै कुट्नीतिक रुपमा विश्वभर ट्रम्पले लागु गर्न लागेको कर छुटको अपेक्षा गरेका थिए । तर मोदीको आकांक्षा ट्रम्पले पुरा गरेनन् । यो भेटको दुई घण्टा अगाडि ट्रम्पले विश्वभरका देशसँग बरोबर कर नीतिको घोषणा गरिसकेका थिए । भारतले अमेरिकालाई आफ्नो देशमा तेल निर्यातमा प्राथमिकता दिएर ४५ अर्ब डालरको अमेरिकी व्यापार घाटालाई कम गर्न सकिने ट्रम्पले बताए ।


मुख्य मुद्दा मानिएको करको विषयमा छलफल भए पनि मोदीले कुट्नीतिक रुपमा चलाखीका साथ कर छुट अर्थात अहिलेकै नीतिलाई कायम राख्न गरेको प्रयास ट्रम्पले असफल बनाइ दिए । ट्रम्पले उल्टै मोदीसँग भारतमा अमेरिकी सामानलाई सबैभन्दा धेरै कर लगाउने गरेको आरोप लगाए । अत्यधिक करका कारण यहाँबाट भारतमा सामान लगेर बेच्दा उद्योग बन्द गर्नुपर्ने अवस्था रहेको उनले कटाक्ष गरे ।
 
‘करबाट बच्न भारतमै कारखाना खोल्नुपर्छ, भारतलाई पनि सामान बेच्न मन भएमा यही फ्याक्ट्रि खोल्नुपर्यो,’ट्रम्पले भने । १७ प्रतिशतभन्दा बढी ब्यापार अमेरिकामा गर्ने भारतलाई ट्रम्पको ‘रेसिप्रोकल ट्यारिफ,’ अर्थात अरु देशले आफ्नो सामान लगाउने करको बराबर करले भारतलाई अप्ठेरोमा पार्ने पक्कापक्की छ ।

अमेरिकाले भारतबाट कृषि उत्पादन तरकारी, फल र चामल  अत्यधिक खरिद गर्छ । २०२४ मा भारतले १८ मिलियन टन चामल अमेरिका निर्यात गरेको थियो । अमेरिकाले भारतले लगाउने समान कर लगाएमा भारतीय सामान महंगिएर उपभोक्ताबाट माग घट्छ । यसबाट भारतीय उत्पादन तथा वितरणमा नै समस्या पार्ने विश्लेषण गरिएको छ ।

यति हुँदाहुँदै पनि विश्वको वर्तमान अवस्था हेरेर मोदी र ट्रम्पले एक अर्काको प्रसंशा गरेका छन् ।  असल साथी भएको बताउँदै भारतले अमेरिकाबाट एफ–३५ फाइटर जेट किन्ने ट्रम्पले घोषणा गरेका छन् । २००८ मा भएको मुम्बई आक्रमणमा संलग्न भनिएका तहब्बुर राणालाई भारत पठाउन अमेरिका सहमत भएको छ । संसारकै सबैभन्दा नराम्रो व्यक्तिमध्येकालाई भारतलाई सुपुर्दगी गर्दा खुशी लागेको ट्रम्पले बताए ।

मोदीले उर्जा तथा पूर्वाधारमा लगानी बढाउने विषय उठाए । अन्य सामारिक विषयमा समेत अमेरिकाको उनले सहयोग खोजेका छन् । एशिया प्यासिफिकका लागि भारत महत्वपूर्ण भएको ट्रम्पले बताए । उसले भारतसँग ठूलो मात्रामा रक्षा सम्बन्धी ब्यापार बढाउने दोहो¥याइरहे । ट्रम्पले एआई विकासमा भारतलाई सहयोग गर्ने बताएका छन् । 

मोदीले अमेरिकामा रहेका अवैध आप्रावासी भारतीय नागरिकहरुलाई फिर्ता लिने बताए । उनले दुवै मुलुक मिलेर यो समस्या समाधान गर्नु पर्ने धारणा राखे । विभिन्न प्रलोभन देखाएर मानव तस्कर गिरोहले अमेरिका पु¥याइएका आप्रवासी भारतलाई दुव्र्यवहार नगरी फर्काइने प्रतिबद्धता भारतले अमेरिकासँग खोजेको छ । 

दुवै देशबाट जारी साझा वक्तव्यमा एफ–३५ विमानको चर्चा भने छैन ।  मोदीले दुवै मुलुकको लोकतन्त्रको समृद्धिका लागि मेगा पार्टनरशीपको प्रसँग कोट्याए । अमेरिकासँगको ब्यापारलाई २०३० सम्म दोब्बर पार्ने उनले बताएका छन् । ट्रम्पले पुरा संसारलाई इस्लामिक चरमपन्थीबाट टाढा राख्न भारत र अमेरिकाले अदभुत ढंगले मिलेर काम गर्ने बताए । 

अमेरिकी न्यूक्लियर प्रविधिलाई आफ्नो बजारमा ठाउँ दिनलाई भारतले नियमहरुमा सुधार गरिरहेको उनले बताए । संसारमै ऐतिहासिक रुपमा महान व्यापारिक मार्ग भारत–मध्यपूर्व र युरोपेली आर्थिक कोरिडोर निर्माणका लागि दुवै पक्ष मिलेर काम गर्न सहमत रहेको बताए । 

बंगलादेशमा भएको सत्ता परिवर्तनमा आफ्नो भूमिका नरहेको ट्रम्पले बताए । बग्लादेशमा विरोध प्रदर्शनको बीच ५ अगस्तमा तत्लकालीन प्रधानमन्त्री शेखÞ हसीनाले छाडेर भारतमा रहन थालेकी हुन् । ‘यस सम्बन्धमा मोदी प्रशासनले काम गरिहेको छ ,’उनले भने । बंगलादेशले हसिनालाई फिर्ता पठाउने माग भारतसँग गर्दै आएको छ । 

रुस–युक्रेन युद्धमा भारत सदैव शान्तिको पक्षमा रहेको मोदीले प्रष्टयाए । ‘दुवैले संवाद गर्नुपर्छ,’, उनले भने । रुस–युक्रेन युद्धलाई समाप्त पार्न ट्रम्पको प्रयासको मोदीले प्रशंसा गरेका छन् । मोदीसहित बिहीबार ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भारत–चीन सीमा विवाद मिलाउन आवश्यक परे आफूले भूमिका खेल्ने बताएका हुन् । 

लद्दाखको सीमामा तनाव पछि भारत र चीन सीमामा भएको झड्पलाई ट्रम्पले नीकै भयंकर बताएका छन् । चीन, भारत, रुस र अमेरिका एक साथसाथ अघि बढ्नेमा विश्वस्त रहेको उनले बताए ।

‘भारत र चीनबीचको सीमानामा विवादले त्यहाँ झडप पनि भए । आगामी दिनमा पनि नहोला भन्न सकिन्न, आवश्यक पर्छ भने समस्या समाधानका लागि अमेरिका मध्यस्तकर्ताको भूमिका खेल्न तयार छ,’ ट्रम्पले भने । 

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि  निकट सम्बन्ध भएको बताए । चीन र भारतसँग आफ्नो सम्बन्ध राम्रो भएकाले दुई देशबीचको विवाद समाधान गर्न आफू मध्यस्तकर्ताको भूमिका खेल्न तयार भएको ट्रम्पले बताएका हुन । ’मध्यस्तकर्ताको आवश्यकता छ भने म तयार छु,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने ।

कस्तो छ एफ–३५ लडाकु विमान ?

अमेरिकाबाट भारतले किन्न लागेको एफ–३५ लडाकु विमान ५ औँ जेनेरेशनको विमान हो । यो विमान २००६ बाट बनाउन सुरु गरिएको हो २०१५ देखी यो अमेरिकी वायुसेनाको एक अह्म अंगको रुपमा छ ।

अमेरिकी रक्षा विभाग पेन्टागनको इतिहासमा यो सर्वाधिक महंगो विमान हो । अमेरिकामा एफ–३५ फाइटर विमानका लागि ८२.५ मिलियन अमेरिकी डलर करिब ७ सय १५ करोड रुपैयाँ खर्च लाग्छ । यो विमान राडरको पकडमा देखिंदैन् ।
 
एक समयमा यो विमानले २८ सय किलोमिटर यात्रा तय गर्न सक्छ । यो विमान दर्जनौँ मिसाइलहरु लोड गर्न सकिन्छ । यो ७० हजार किलो वजन सहित उडान भर्ने क्षमता राख्छ । (अन्तर्राष्ट्रिय समाचार माध्यमहरुको सहयोगमा)

प्रकाशित : २ फागुन २०८१, शुक्रबार 14:07
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved