विराटनगर– सशस्त्र प्रहरी बल (एपीएफ)मा कार्यरत निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतको शंकास्पद मृत्युबारे प्रहरीमा जाहेरी परेको छ ।
पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा शनिबार राति महत झुन्डिएको भेटिएकी थिइन् । जुझारु स्वभावकी उनी प्रहरी जवान र असई हुँदै इन्स्पेक्टर भएकी थिइन् ।
उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा एक बरिष्ठ पुरुष निरीक्षक विरुद्ध पीडितका परिवारले कास्की प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । ती आरोपी निरीक्षक तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत छन् ।
ती इन्स्पेक्टरले सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । प्रहरीका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए । सन्तोषीको शव पोस्टमार्टमको लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पु¥याइएको छ । घटनाको अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरेको छ ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares