विराटनगर- बझाङको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी जोशीलाई शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
यो उमेर सम्म पनि उनलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे जानकारी थिएन । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीको टोलीले सम्पूर्ण कागजात तयार पार्न लगाइ घरमै पुगेर नागरिकता प्रदान गरिन् ।
उनको जन्म थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ मा भएको थियो । नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा जोशी आमालाई भेटेको बताइन् ।
जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने बित्तिकै कागजात तयार गराउन तिर लागेको बताइन् । कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको उनले बताइन्।
वृद्धावस्थामा पनि उनी कृषिकर्ममा मगन हुन्छिन्।
बाल्यकाल देखिको खेती गर्ने बानीले नछाडेको उनी सुनाउँछिन् । 'घरभित्र बसिरहन मन लाग्दैन,'उनी भन्छिन् ।
उनी गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छिन् । 'तरकारी, अन्न र तेलबाली लगायतकाे बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्', तुलसी गर्व गर्दै भन्छिन्।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares