विराटनगर– ‘५० लाख डलर दिनुस्, अमेरिकी नागरिकता लिनुस् ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भिसा कार्यक्रम ‘ट्रम्प गोल्ड कार्ड’ घोषणा गरेर फेरि चर्चामा छन् । उनी पद सम्हालेदेखि अनौठा निर्णयहरु गरेर विश्वको ध्यान तानिरहेकै छन् ।
यो भिसा पाएपछि नागरिकता पाउने बाटो खुल्ने मात्र होइन, त्यहाँ बसोबास र काम गर्न अनुमतिसमेत पाउँनेछन् । ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई साताभित्र सुरु हुनेछ । लाखौँ कार्ड बिक्री हुनसक्ने अनुमान गरिएको छ । उनले यो कार्ड रुसी अर्बपतिहरुलाई पनि बिक्री गर्ने जनाएका छन् ।
‘गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले ओभल अफिसबाट भने,‘ ‘तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ । यसको मूल्य ५० लाख डलर तोक्नेछौँ, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता पाउने बाटो खोल्नेछ । पैसावालाहरू यो कार्ड किने पछि हाम्रो देशमा आउनेछन् ।’
सीएनएनका अनुसार ट्रम्पले यो कार्यक्रम अन्तर्गत ५० लाख अमेरिकी डलर अर्थात् ७० करोड नेपाली रुपैयाँमा कार्ड खरिद गर्न सकिने जनाएका छन् । विश्वभरका धनाढय नागरिकलाई अमेरिकाले यो गोल्ड कार्ड बिक्री गर्ने भनेको छ ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares