पछिल्ला ३ महिनामा १० जना पक्राउ
विराटनगर — सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाहरूको चरित्र हत्या गर्ने, गोप्य तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिने र फेक आईडी बनाएर ब्ल्याकमेल गर्नेहरू दिनहुँ बढिरहेका छन् । पछिल्ला ३ महिनाको अवधिमा (माघदेखि चैत २२ सम्म) नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौंलगायतका विभिन्न स्थानबाट १० आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
यस्ता घटनामा संलग्न अधिकांश आरोपीहरू पीडितसँग प्रेम सम्बन्ध वा पारिवारिक निकटता रहेको पृष्ठभूमिका देखिन्छन् । कतिपयले वैदेशिक रोजगारीको क्रममा सम्बन्ध विस्तार गरेका थिए भने केहीले शिक्षण पेशाजस्ता सम्मानित क्षेत्रमा रहेर सामाजिक सञ्जालको फाइदा उठाएर अपराध गरेका थिए ।
पक्राउ परेकामध्ये ४ जनाले प्रेमिकालाई पूर्वप्रेम सम्बन्धको गोप्य तस्बिर/भिडियो सार्वजनिक गर्ने धम्कि दिएको प्रहरीले जनाएको छ । तीन जनाले फेक आईडीमार्फत अश्लील तस्बिरमा फोटोसप मार्फत अनुहार जोडेर चरित्र हत्या गर्ने गतिविधिमा संलग्न थिए ।
प्रहरीका अनुसार नाबालिका लक्षित चरित्र हत्यामा संलग्न रहेको आरोपमा दुई शिक्षक पनि पक्राउ परे । वैदेशिक रोजगारीका बहानामा फिजिकल फिटनेस देखाउनका लागि आवश्यक भएको भन्दै नग्न तस्बिर मागेर ब्ल्याकमेलिङ गर्ने अर्का एक जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
अनुसन्धान अनुसार पीडितहरूमा प्रायः महिला र किशोरी छन् । भावनात्मक सम्बन्धमा रहँदा उनीहरुले गोप्य तस्बिर आदानप्रदान गरेका थिए । सम्बन्ध बिग्रिएपछि धम्की, ब्ल्याकमेल वा बदनाम गर्ने उद्देश्यले ती सामग्रीलाई हतियारको रूपमा प्रयोग गरिएको प्रहरी प्रतिवेदनहरुमा उल्लेख छ ।
प्रतिवेदन अनुसार अधिकांश घटनामा अपराधीले फेक आईडीमार्फत पोस्ट, म्यासेन्जरमा पठाउने, व्हाट्सएप ग्रुपमा शेयर गर्ने जस्ता तरिका अपनाएका छन् । यी आरोपमा संलग्न कतार र मलेसियाबाट फर्किएका दुई जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ । यिनीहरूमध्ये एक जना विरुद्ध इन्टरपोल रेड नोटिस समेत जारी भएको थियो । यो नेपालको सन्दर्भमा साइबर अपराधका गम्भीर मुद्दामा दुर्लभ मानिएको छ ।
सबै पक्राउ परेका विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अभियोग लगाइएको छ । यो ऐनको धारा ४७ अनुसार अश्लील सामग्री निर्माण, प्रकाशन वा प्रसारण गर्नेलाई ५ वर्षसम्मको कैद वा १ लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
समाजशास्त्रीहरुका अनुसार यस्तो घटनाको पीडित माथि सामाजिक रुपले ठूलो असर पर्छ । पीडितको सामाजिक जीवन तहसनहस हुन्छ । मानसिक पीडा र आत्महत्या सम्मका जोखिम बढ्छन् । नाबालिकालाई लक्षित घटनाले परिवार र विद्यालय प्रणालीमा विश्वासको संकट ल्याउँछ ।
सामाजिक सञ्जालको स्वतन्त्र प्रयोगमा असहजता र डर सिर्जना हुन्छ । नेपाल प्रहरीको साइबर ब्यूरोले यस्ता घटनालाई उच्च प्राथमिकतामा राख्दै प्राविधिक विश्लेषणमार्फत अपराधी पहिचान गर्ने कार्य तीव्र बनाएको छ ।
ब्यूरोले सार्वजनिक अपिल गर्दै भन्छ ‘गोप्य तस्बिर वा भिडियो कुनै पनि हालतमा सामाजिक सञ्जाल वा इन्टरनेटमार्फत साझेदारी नगर्नुहोस् । समस्या परे तुरुन्त उजुरी गर्नुहोस् ।’
अध्ययनहरुका अनुसार प्रविधिको गलत प्रयोगबाट सिर्जना हुने यस्ता सामाजिक अपराधहरू आजको डिजिटल युगको कालो पक्ष बन्न थालेका छन् । साइबर अपराधले मानसिक पीडा मात्र होइन, सामाजिक प्रतिष्ठा र सुरक्षामाथि समेत गम्भीर असर पारिरहेको छ । नेपालमा डिजिटल अपराधसम्बन्धी कडा कानून त छ, तर यसको कार्यान्वयन, प्रविधिमा पहुँच र जनचेतनाको अभावले गर्दा पीडितहरू अझै पनि सुरक्षित महसुस गर्न सकेका छैनन् ।
शिक्षा/प्रविधि
नयाँ वर्षको पहिलो दिन पनि आन्दोलनमै शिक्षक
द नेप्लिज संवाददातागहुँ काट्ने तरखरमा छौँ भने...
द नेप्लिज संवाददाताशिक्षा विधेयक छिटो पारित गर्ने सरकारी प्रतिबद्धता : परीक्षा प्रभावित नहोस् भनी आन्दोलन अन्त्यको आह्वान
द नेप्लिज संवाददाताविद्यालय शिक्षा ऐन पारित गर्ने तयारीसहित संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, शिक्षक महासंघ छलफलमा
द नेप्लिज संवाददाताशिक्षक आन्दोलन निर्णायक चरणमा : संसद्ले विद्यालय शिक्षा ऐन पारित नगरे ऐन नलिइ घर नफर्कने चेतावनी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares