काठमाडौँ — सत्तारुढ दलका शीर्ष नेताहरु र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच सोमबार भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ। करिब तीन घण्टा लामो छलफलमा महासंघले उठाएका मागहरू सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक रूपमा प्रस्तुत भएपछि २७ दिनदेखि जारी शिक्षकहरूको आन्दोलन टुंगिने सम्भावना देखिएको हो।
वार्तामा सहभागी एक नेताका अनुसार तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले गृहकार्य गरेर तयार पारेको सात बुँदे प्रस्तावलाई आधार मानेर सहमति जुटाउने प्रयास भएको छ। सत्तारुढ दल र महासंघका पदाधिकारीबीच कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवासमा बैठक बसेको थियो। उक्त बैठक लगत्तै मन्त्रिपरिषद् बैठकसमेत सुरु भएको छ।
वार्तामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए। शिक्षक महासंघतर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित तीन जना प्रतिनिधि सहभागी थिए।
शिक्षा/प्रविधि
पत्रकार सविना कार्कीसँग भएको घटनाले उठाएका गम्भीर प्रश्नहरू
द नेप्लिज संवाददाता३१ शिक्षक र ३ प्रहरी घाइते, पत्रकारको आँखामा चोट
शिक्षकका आँसु, बालबालिकाको भविष्य र मौन सरकार
जितेन्द्र साहदेशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
द नेप्लिज संवाददाताबारद्वारा शिक्षकसँग शीघ्र वार्ताका लागि सरकारलाई अपिल
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares