विराटनगर– अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रकम रोक्ने भए पछि सरकार उकुशमुकुशमा छ । यस सम्बन्धि यकिन तथ्यांक र असर ठम्याउन गृहमन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
मन्त्रालयको पत्रमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट वैदेशिक सहायता लिँदै आएको उल्लेख छ । यस्तो सहायता विभिन्न गैरसरकारी संघसंस्थाबाट समेत परिचालन हुँदै आएको उसले खुलाएको छ । यस्ता संस्थाहरुको विवरण बुझाउन प्रशासन कार्यालयहरुलाई गृहले दिर्नेशन दिएको छ ।
‘जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरुले कुनकुन विकास साझेदारहरुबाट के कस्तो क्षेत्रमा, कति सहायता रकम परिचालन र उपयोग गरेका छन् ? साथै सहायता परिचालनको मोडालिटी कस्तो छ ? ति कार्यक्रम र परियोजनाहरु हाल कुन अवस्थामा छन् ?,’ पत्रमा सोधिएको छ । उक्त सहायता परिचालनले आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा पारेको प्रभाव प्रष्ट पार्न उसले भनेको छ ।
हालै अमेरिकन सहायता संस्था (युएसएआइडी) बाट प्राप्त हुने सहायता स्थगित भएको भनी समाचारहरु प्रवाहित भइरहेको छ । यस्तो परिवेशमा जिल्लामा युएसएआईडीबाट सञ्चालित कार्यक्रम, परियोजना सञ्चालन र समुदायमा पर्ने प्रभाव समेतको अन्य विषयगत निकायहरुसँग समन्वय गरी अध्ययन तथा विश्वलेषण गर्न उसले भनेको छ । गृहले प्रशासन यो विषयमा केन्द्रित रहेर जिल्ला प्रशासन कार्यालयहरुलाई पूर्ण प्रतिवेदन पठाउन भनेको छ ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताअर्थ/वाणिज्य
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares