विराटनगर– पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेको सरकार ढालेर अब कस्तो सरकार बनाउने भन्दै प्रतिप्रश्न गरेका छन् ।
‘भएको सरकार ढालेर अर्को कुन सरकार बनाउने ? अहिलेको ढालेर एउटा होइन, दुईवटै कान चिरेको आयो भने के गर्ने ? समस्या त्यो हो,’ विराटनगरमा सोमबार पत्रकारहरुसँगको कुराकानीमा उनले भने, ‘त्यसैले अहिलेको सरकार कतिबेला कसले ढाल्ने र कस्तो सरकार ल्याउने खेलबाट देशमा कुनै अग्रगति, प्रगति हुनेबाला छैन । ढालेर अर्को नयाँ सरकार बनाउँदा साँच्चै नै राम्रो र जनमुखी सरकार बन्ने अहिले देख्दिनँ ।’ खनालले सरकार ढाल्ने विषय संसदीय व्यवस्था भित्रका अस्थिरता निम्तियाउने खेलहरु मात्रै भएको बताए ।
‘अहिलेको सरकारले देश, जनता र राष्ट्रको अग्रगति, प्रगतिका निम्ति अलिकति भए पनि राम्रो काम नगरेको प्रति तिब्र विरोध, असन्तुष्टि, आक्रोश छ,’ उनले भने, ‘तर मुलुकलाई अस्थिरताबाट जोगाउन अहिलेकै सरकारले जनपक्षीय काम गर्नुपर्छ र २०८४ मा हुने आमनिर्वाचनबाट देश र जनताको हितमा काम गर्ने स्थिर सरकार ल्याउनु पर्छ ।’ ०६२÷६३ को परिवर्तनपछि देशमा आएको दुई तीहाईको सरकारकाले ५ वर्ष सरकार चलाएर उन्नती प्रगति गर्ला कि भन्ने आशा थियो तर त्यो सरकारको प्रधानमन्त्रीले नै चकनाचुर बनाइदिएको प्रति खनालले आक्रोश व्यक्त गरे । उनले देश अस्थिरताको चक्रब्यूहमा रहेको र त्यसबाट मुक्त गर्न जनतामा नयाँ जागरण आउनु पर्ने र त्यो जागरण नआएसम्म परिवर्तन संभव नभएको सुनाए ।
एउटा फरक प्रसँगमा उनले सामाजिक सञ्जालसँगै एआई जबर्जस्त ढंगले आइसकेको अवस्थामा नियमन आवश्यक भएको तर निन्त्रण गर्न खोजिए, जनताको अभिव्यक्ति स्वतन्त्रतामा आघात पुग्ने बताए । ‘सामाजिक सञ्जाल नियमन नगरिए अराजकता निम्तिन्छ, सामाजिक सञ्जाललाई नियमन गरेर मर्यादित बनाउनु पर्छ ।,’ उनले भने, ‘तर नियमनको नाममा सरकारले नियन्त्रण गर्न पाइँदैन । अहिले ल्याएको विधेयकमा नियन्त्रणकारी व्यवस्था राख्नु हुँदैन । नागरिकको अभिव्यक्ति स्वतन्त्रता रोक्न मिल्दैन ।’
पाथिभारा (मुकुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा खनालले कुनैपनि ठाउँमा विकास निर्माण गर्न त्यहाँका स्थानीयवासिन्दाको चाहना, इच्छा, आकांक्षालाई समेत प्रतिनिधित्व गरेर सहमति र समझदारीका आधारमा काम अगाडि बढाउनु पर्ने बताए । ‘विकास जरुरी छ तर जनतामाथि थोपरेर होइन, जनतासँगको समझदारीमा गर्नुपर्छ ।’ उनले भने, ‘जनतामाथि दमन गरेर विकास निर्माणको काम हुँदैन ।’
संविधान संशोधनको विषयमा खनालले साझा अवधारणाका आधारमा बनेको अहिलेको संविधान पूर्ण कार्यान्वयनमा गएपछि राम्रो गर्यो, गरेन सिंहावलोकन गरेर मात्रै संशोधनको कुरा गर्न मिल्ने बताए । ‘अहिले कानून बनाएर पूर्ण कार्यान्वयनमा नगएर नै संविधान संशोधन गर्ने कुरा बेतुकको हो, त्यो हुनै सक्दैन,’ उनले भने, ‘संविधान ठीक ढंगले लागू नै हुन सकेको छैन । यो देशको नेतृत्वले संविधान ठीक ढंगले लागू नै गर्न सकेको छैन । त्यसैले पहिले किन संविधान ठीक ढंगले लागू हुन नसकेको सिंहावलोकन गर्नु जरुरी छ ।’
संविधान अन्तर्गत बनाउनु पर्ने तीन दर्जनभन्दा बढी ऐन नबनेको र संविधानको भाग ४ मा उल्लेख भएको नीति सिद्धान्त, निर्देशक सिद्धान्त एउटा पनि कार्यान्वयन हुन सकेको अवस्थामा संविधान संशोधनको विषय नै उठाउन नमिल्ने उनको भनाइ थियो । ‘देशलाई यथास्थितिबाट लुटपाटको अवस्थामा लग्न खोजिरहेको अवस्था छ,’ उनले भने, ‘के का लागि र कुन उद्देश्यपूर्तिका लागि संविधान संशोधन गर्न खोजिरहेको छ ? दुई दलले संविधान संशोधन गर्छु भनिरहेका छन् । दुई दलीय अधिनायकवाद लाद्न खोजिदै छ त्यो संभव छैन ।’
उनले इष्ट इण्डिया कम्पनीसँगको सुगौली सन्धीले छाडेको भूभाग त्रीदेशीय मिलन बिन्दू कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको भएको बताए । ‘सन्धीले रेखांकन गरेको नेपालको भूमिमा भारतीय शासकले कब्जा जमाउनु लज्जास्पद विषय हो । यो भूभाग नेपालको हो र नेपालको रहनुपर्छ ।’ उनले भने ।
बामपन्थीहरु नीतिका आधारमा एकताबद्ध भएर अघि बढ्नु पर्नेमा उनको जोड थियो । ‘यसअघि टाउँका जोड्ेर एकताबद्ध भयौं तर दिगो भएन,’ खनालले भने, ‘त्यसैले नीति र कार्यक्रमका आधारमा बामपन्थीहरु एक ठाउँमा आउने र यो देशमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायतका संभाव्यताका क्षेत्रहरुलाई अगाडि बढाउनु पर्छ ।’ यो स्वर्ग हुने देश भएको तर यहाँका संभावनाहरुलाई नेता र प्रमुख दलहरुले कुल्चेर हिँडेको उनको भनाइ थियो ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares