६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

एसईई परीक्षा अनियमितता : सर्लाहीमा चार निरीक्षक निष्कासित

द नेप्लिज संवाददाता
७ चैत २०८१, बिहीबार

Advertisement

विराटनगर–  एसईई परीक्षाको पहिलो दिन सर्लाही र रौतहटमा कडाइ गरिएपछि ठूलो परीक्षा अनियमितता बाहिर आएको छ। परीक्षार्थीहरूले लुकाइछिपाइ परीक्षा हलमा ल्याएका ४ सय २४ मोबाइल प्रहरीले जफत गरेको छ भने अनियमिततामा संलग्न चार परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ।

रौतहटमा चेकजाँचका क्रममा परीक्षार्थीहरूले शरीरमा लुकाएर ल्याएका ४ सय २४ थान मोबाइल फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार राय ले जानकारी दिए। अनुगमनका क्रममा यमुनामाई गाउँपालिका-५ स्थित यमुनामाई माध्यमिक विद्यालय झुनखुनवा परीक्षा केन्द्रमा पैसा लिएर मोबाइल भित्र्याउने परीक्षा निरीक्षक पक्राउ परेका छन् ।

यस्तै मौलापुर नगरपालिका-५ स्थित लक्ष्मीनिया मावि मौलापुर परीक्षा केन्द्रबाहिरबाट चिट पुर्‍याइरहेका एक जनालाई पनि नियन्त्रणमा लिइएको छ।

सर्लाहीमा चार निरीक्षक निष्कासित

सर्लाहीमा परीक्षामा अनुशासन कायम गर्न जिल्लास्तरीय अनुगमन समितिले बलरा नगरपालिका-४ स्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयबाट निरीक्षक रामनारायण बैठा र रिंकुदेवीलाई निष्कासित गरेको छ। हरिपूर्वा नगरपालिका-५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालयका निरीक्षक बाबुलाल राय र मलंगवा नगरपालिका-७ मुसैलीस्थित बौधीदेवी माध्यमिक विद्यालयका विद्यालय सहयोगी इन्द्रजीत महतो नुनियालाई पनि कारबाही गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख सुनिलकुमार कुशवाहा का अनुसार नुनिया परीक्षा हलभित्र मोबाइल र गाइड लिएर प्रवेश गर्न खोजेपछि निष्कासित गरिएको हो। परीक्षामा अनुशासन कायम राख्न आगामी दिनमा अझ कडाइ गरिने प्रशासनले जनाएको छ।

प्रकाशित : ७ चैत २०८१, बिहीबार 19:42
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved