विराटनगर– नेपाल बाल संगठनको जग्गा भाडामा दिंदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन सरोकारवाला निकायहरुलाई राष्ट्रिय मानव अधिकार आयोगले निर्देशन दिएको छ ।
उच्च सरकारी वकिल कार्यालय पाटन, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुसन्धान मिसिलको प्रतिलिपि साताभित्र उपलब्ध गराउन आयोगले पत्राचार गरेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान थालेको जानकारी दिए । आयोगले बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको संलग्नता रहेको उक्त आर्थिक हिनामिनामा सत्ता र शक्तिको आडमा मुद्दा नचलाउने सरकारी वकिल कार्यालय, काठमाडौँले निर्णय गरेपछि आयोग प्रवेश गर्नुपरेको उनले बताए ।
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares