विराटनगर– अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न व्यक्तिलाई लुटेको आरोपमा पक्राउ परेका तीन प्रहरीसहित सहित ६ जना विरुद्ध बुधबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको थुनुवा कक्षमा सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी, नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र नेपाल प्रहरीका जवान हिरा मंग्रातीसहित ६ जना छन् । काठमाडौँको टोखा–८ बस्ने धादिङको खनियावास–४ का २६ वर्षीय क्रिप्टो कारोबारी रोशन गुरुङबाट लुटिएको १४ लाख रुपैयाँ मध्ये ७ लाख रुपैयाँ केसीको खातामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी परिचय पत्र र हत्कडी देखाउँदै क्रिप्टो कारोबारी गुरुङबाट १४ लाख रुपैयाँ लुटिएको थियो । ती प्रहरीका साथै मोरङको सुन्दरहरैचाका २४ वर्षीय कपिल बस्नेत, सुनसरीको इटहरी–६ बस्ने दोलखाको रातमाटेका ३१ वर्षीय संजोक तामाङ र विराटनगर–३ बस्ने मोरङको बेलबारीका २० वर्षीय मणिषकुमार राय पक्राउ परेका छन् । कपिल बस्नेत र संजोक तामाङबाट प्रहरीले १२ लाख १० हजार रुपैयाँ बरामद गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा गुरुङले एक अर्ब ८७ करोड सात लाख १३ हजार एक सय ६२ रुपैयाँको क्रिप्टो कारोबार गरेको खुलेको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares