काठमाडौँ– नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बिहीबार बसेको बढुवा समितिको बैठकले डीआईजी चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस सूचीको पहिलो नम्बरमा खापुङ छन् । खापुङ, आचार्य र पोखरेल सबैजना प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाकै ब्याचमेट हुन् । उनीहरू २०५२ को कात्तिक २७ मा प्रहरी सेवामा प्रवेश गरेर २०८० साल वैशाख ६ गते डीआईजी भएका थिए ।
यस्तै दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी भने २०५४ साल चैत १८ मा निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । भुटानी शरणार्थी प्रकरणमा फाइल खोलेर चर्चामा आएका डा. केसीलाई नेपाल प्रहरीमा कुशल अधिकृत रूपमा चिनिन्छ ।
बढुवा सिफारिस सूचीमा डा. केसी सबैभन्दा पछाडि परेका छन् । उनी २०८१ साल जेठ ४ मा डीआईजी हुँदा राजन अधिकारीभन्दा अगाडि थिए । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र अभियोजन प्रक्रियाका क्रममा दान बहादुर कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए ।
यसपटक राष्ट्रिय अनुसन्धान विभाग (राअविप) बाट नेपाल प्रहरीमा समायोजन भएर आएका अधिकृतहरू भने बढुवा सिफारिसमा परेनन् । गृहमन्त्री रवि लामिछानेका पालामा डीआईजीमा बढुवा हुँदा पछाडि पारिएका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चतुरवेदी यसपटक एआईजीमा बढुवाका लागि तीव्र प्रयासमा थिए ।
उनीहरू २०५३ साल पुस ५ मा राअविपमा भर्ना भएर पछि नेपाल प्रहरीमा समायोजन भएका थिए । करिब १५ महिनापछि प्रहरी सेवामा प्रवेश गरेका अन्य अधिकृतहरू यसअघि डीआईजी बनाइएको भन्दै ती प्रहरी अधिकृतहरु असन्तुष्ट थिए ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares