७ वैशाख २०८२, आइतबार 20 Apr 2025, Sunday

अवैध उत्खननको समाचार संकलन गर्न गएका पत्रकारलाई ज्यान मार्ने धम्की

द नेप्लिज संवाददाता
२४ फागुन २०८१, शनिबार

Advertisement

सिरहा– गोलबजार नगरपालिका वडा नं. १ मुक्सारमा भइरहेको अवैध उत्खननको समाचार संकलन गर्न गएका पत्रकार महासंघ सिरहाका पूर्व उपाध्यक्ष गणेश साह र प्रशिक्षार्थी पत्रकार  विक्रम महरालाई तस्करहरुले ज्यान मार्ने धम्की दिएका छन् । जेसिभि र दर्जनौ ट्रिपर प्रयोग गरेर बिना इजाजत र राजस्व छलेर ऐलानी पर्ती सार्वजनिक जग्गामा उत्खनन्  गरी रहेको सूचनाको आधारमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई गुञ्जा कन्सट्रकसन गोलबजारका सञ्चालक विजय साह र नाम नखुलेका उनका एक सहयोगीले ज्यान मार्ने धम्की दिएको पीडित पत्रकार साहले बताएका छन् । 

“ जंगलको बीचमा छौ , यता कसले आउन भन्यो ?  उत्खनन्को रिपोर्ट नगर्नु । नत्र मारेर यतै बालुवामा पुरी दिन्छौ भनेर धम्की दिएका छन् । ” पीडित पत्रकार महराले भने हामीलाई धेरै गाली गलौज पनि गरे । सुरक्षा खतरा उत्पन्न भए पछि हामीले प्रहरीले बोलायौं । इलाका प्रहरी कार्यालय गोलबजारबाट गएका दुई जना प्रहरीकै सामुन्ने पनि हामीलाई गाली गलौज गर्दै धम्की दिएको पत्रकार साहले बताए । पत्रकार द्वयले ज्यान सुरक्षा गरी पाउ भनी प्रहरीमा भोलि  निवेदन दिने बताएकाछन् । 

उत्खनन् स्थलमा पुग्दा गुञ्जा कन्सट्रक्सनको स्वाम्तिवमा भएको जेसिभी एक थान र एक दर्जन ट्रिपरमा ग्राभेल लोड भइरहेको थियो । प्रहरी र पत्रकार पुग्नासाथ १० वटा ट्रिपर र जेसिभी भगाएको तर दुई थान ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको प्रदेश २ –०३–००१ क १३१७  र स १ ख ८३५ नं. को ट्रिपर गोलबजार नगरपालिकामा बुझाएकोछ । 

गुञ्जा कन्सट्रकसन गोलबजारका सञ्चालक विजय साहले गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठ तथा प्रहरी चौकी मुक्सारका इन्चार्ज गेनालाल साहलाई मिलाएर विगत तीन वर्षदेखि सार्वजनिक जग्गाहरुबाट अवैध उत्खनन् गर्दै आएका छन् । नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई पनि मिलाएको र बिना रोकटोक उत्खनन् गरिरहेको स्थानीयहरुको आरोप छ ।  वडा नं. ३ जमदह, मुसहर्निया र वडा नं. १ मुक्सारको विभिन्न स्थानमा अवैध रुपमा उत्खनन् गरी तस्करी गरिरहेका छन् । यस क्षेत्रमा दर्जनौ डाँडा भत्काएर माटो, ग्राभेल , गिटी बालुवा र ढुंगा तस्करी गर्ने गरेका छन् । वातावरणीय प्रभाव मूल्याङ्गन नगरी , इजाजत नलिई तथा राजस्व नतिरी गुञ्जा कन्सट्रक्सनले हजारौं वर्गमिटर उत्खनन् गरेका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृत तथा प्रहरी समेत मिलाएर अवैध उत्खनन् गर्दा स्थानीय स्तरमा ठूलो वातावरणीय क्षति पुगेको स्थानीय भेषराज ठकुरीले बताए ।

स्थानीय रामबहादुर राय भन्छन् विजय साहलाई कसैले केही गर्न सक्दैन । यिनी शक्तिशाली ग्राभेल तस्कर हुन् । दिन रात यिनको दर्जनौ ट्रिपर उत्खनन् र ढुवानीमा लागि रहेको हुन्छ । न राजस्व तिर्छन् न इजाजत लिन्छन् । नगरपालिका र सुरक्षा निकाय यिनको मुठ्ठीमा छ । दर्जनौ बाउन्सर पालेका छन् । यिनको ट्रिपर आतंकले स्थानीयको जीवन संकटमा परेको छ । वडानं. ३ र १ मा यिनले सैकडौ खाडल बनाएका छन् । 

यस सम्बन्धमा मेयर श्रेष्ठसँग बुझ्न खोज्दा उनले उत्खनन् भइरहेको बारे आफूलाई थाहा नभएको बताए । प्रमुख प्रशासकीय अधिकृत पुरीको फोन स्वीच अफ भएको थियो । यसबारे चौकी इन्चार्ज साहसँग बुझ्न खोज्दा उनले भने म आउनु भन्दा पहिलेदेखि नै उत्खनन् भइरहेको थियो । पहिलेदेखि नै भइरहेकोले हामीले कारवाही नगरेको बताए । तलदेखि माथिसम्म मिलेको छ । पत्रकारहरु पनि मिलेको छ , हामीले के गर्ने ?      
 

प्रकाशित : २४ फागुन २०८१, शनिबार 22:28

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved