विराटनगर- इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिकास्थित आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरेर लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहलको थालिएको छ ।
कृषि मन्त्रालयको उक्त ८ हजार ४ सय २४ रोपनीमध्ये अधिकांश जग्गाको सदुपयोग हुनसकेको छैन । उक्त भूमिमा जैविकमार्ग विकास गर्न लागिएको छ ।
वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन, अनुगमन, स्थानीय तथा जनप्रतिनिधिसँग छलफल समेत गरेको छ ।
रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कले यसअघि उक्त ठाउँमा किनेको ८ सय रोपनी जग्गामा वृक्षारोपण समेत भइसकेको छ । जैविकमार्ग विस्तारका लागि जग्गा अपुग भएपछि कृषि मन्त्रालयअन्तर्गतको उक्त जमिन वन तथा वातावरण मन्त्रालय मातहतमा ल्याएर काम अगाडि बढाउने तयारी हुँदैछ।
उच्च पहाडी क्षेत्रमा पर्ने जौबारी, मेघमा, तुम्लिङ्गलगायतमा वृक्षारोपण गरेर वन्यजन्तु आवतजावतको जैविकमार्ग निर्माणका लागि तयारी अघि बढेको वन तथा भू-संरक्षण विभागले जनाएको छ। विभागले पहिलो चरणमा जमिन उपयुक्त भए, नभएको विषयमा गृहकार्य गर्नेछ ।
उक्त क्षेत्रमा हाल गाइपालन भइरहेको छ । चरन क्षेत्रको जमिनलाई संरक्षण गर्न र हरियाली बनाउन थालिएको छ । उक्त क्षेत्रमा रोजगारी सृजना समेत गर्ने लक्ष्यसहित काम गरिरहेको रेडपाण्डा नेटवर्कले जनाएको छ ।
रेडपाण्डाको आहारका लागि चाहिने बिरुवा रोपी जैविकमार्ग निर्माणमा नेटवर्कसँगको सहकार्यमा स्थानीय दीपज्योती युवा क्लब सक्रिय छ ।
उक्त क्षेत्र नेपाल–भारत सीमामा पर्छ । भारततर्फ घना जङ्गल र नेपालतर्फ उजाड चौर छ । यसले वन्यजन्तु आइजाइमा समस्या छ । नेपालतर्फ पनि हरियाली बनाउन सकेमा वारीपारी लोपोन्मुख रेडपाण्डालगायतका वन्यजन्तु आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । रेडपाण्डा इलामसहित ताप्लेजुङ, पाँचथरलगायत १३ जिल्लामा पाइन्छ ।
समाचार
हदम्यादका कारण बम्जनले उच्च अदालतबाट सफाइ पाए
द नेप्लिज संवाददातावीरगन्जको अवस्था सामान्य, हट्यो निषेधाज्ञा
द नेप्लिज संवाददाताकांग्रेसमा सरकारविरुद्ध आवाज तीव्र, देउवा रोक्न मैदानमा
द नेप्लिज संवाददाताकहाँ छिन् नेपाली कांग्रेसकी सांसद माया राई ?
द नेप्लिज संवाददातारास्वपाका सह–महामन्त्री सुमना श्रेष्ठको नेतृत्वप्रति ६ बुँदे असन्तुष्टि
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares