४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

खानेपानी संस्थानको धारामा नियमित धमिलो पानी आएपछि स्थानीय आन्दोलित

द नेप्लिज संवाददाता
२७ फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– खानेपानी संस्थान विराटनगरले वितरण गर्दै आएको पानीको धारामा लेदो सहितको धमिलो पानी नियमित आएपछि स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएका छन् । धारामा नियमित धमिलो पानी आइरहेको समस्या समाधानका लागि संस्थान, महानगर र वडामा समेत पटक पटक धाउँदा पनि समाधान नभएकोले आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीयको गुनासो छ । 

४÷५ बर्षदेखिको यो समस्याको कुनै सुनुवार्इ नभएको र खानेपानीको फिल्टर जडान गर्न अनुरोध गर्दा खानेपानी संस्थानले जग्गा उपलब्ध नभएको भनी पञ्छिदै आएकाले नारावाजी गर्दै महानगरको वडा ४ कार्यालयमा धर्ना बसेर तालाबन्दी गरेका थिए । स्थानीयको विरोध पछि वडा अध्यक्ष जितन थापाले सम्स्या समाधानका लागि  पहल गर्ने प्रतिबद्धता जनाए पनि स्थानीय आस्वस्त हुन सकेनन् र लेदो सहितको पानी बोकेर विरोधमा लागे । 

नगर प्रहरी निरीक्षक राजन पौडेल वडामा पुगेर सम्स्या समाधानका लागि वार्ता गर्न मेयरले महानगर बोलाएको अनुरोध गरेपछि आन्दोलनकारी महानगर प्रमुख नागेश कोइरालालाई भेटेका थिए । प्रमुख कोइरालाले जनताको समस्या आफ्नो समस्या भएको भन्दै समाधानका लागि फिल्टर राख्न महानगरले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

खानेपानी सस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारलाई मेयर कोइरालाले आफ्नै सामुनेमा बोलाएर समाधानका लागि उपाय खोज्न आग्रह गरेका थिए । रौनियारले फिल्टर राख्न जग्गा उपलब्ध भए तत्काल समस्या समाधान गर्ने भनेपछि कोइरालाले कार्यपालिका बैठकले निर्णय गरी जग्गा उपलब्ध गराउने बचनबद्धता जनाए । 

प्रकाशित : २७ फागुन २०८१, मङ्गलबार 21:11
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved