विराटनगर– तेली कल्याण समाले विराटनगरमा शनिबार आयोजना गरेको कार्यक्रमका वक्ताहरुले मातृभाषा र परम्परागत संस्कृतिको संरक्षण गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोडदिएका छन् ।
‘आफ्नो कुल वंशको गरिमा कायम राख्न जातीय पहिचानको संरक्षण गरौं’ नाराका साथ तेली कल्याण समाज विराटनगरले आयोजना गरेको होली मिलन कार्यक्रममा गढी गाउँपालिकाकी उपाध्यक्ष अनिताले आफ्नो भाषा संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको दायित्व भएको बताएकी छन् । ‘संस्कृति नै पहिचान हो त्यसैले यसको संरक्षण अपरिहार्य छ,’ उनले भनिन्, ‘संस्कृतिमाथिको आक्रमण भनेको पहिचानमाथिको आक्रमण हो त्यसैले सबैले एक अर्काको संस्कार र संस्कृतिको संरक्षण गर्दै सामाजिक सदभाव कार्यम गर्नु आवश्यक छ ।’
उनले जातीय गरिमा बढाउन योगदान गर्नु सबै स्वजातीयको दायित्व भएको बताइन् । ‘हाम्रो समाजमा अझै छोरीलाई घरको काम गराउने र छोरालाई पढ्न पठाउने सोच विद्यमान नै छ,’ उपाध्यक्ष साहले भनिन्, ‘सबैले छोराछोरी, छोरीबुहारी तथा महिला भएकै कारण गरिने फरक व्यवहार त्यागदै सामाजिक समानताको भावना विकास गर्नुपर्छ ।’ महिलालाई अगाडि बढाउन सबैको योगदान अपरिहार्य रहेको उनको भनाइ थियो । पुरुष मात्रै अगाडि बढेको र महिलालाई सधैं पछाडि पारिएकोले नै समाजको पूर्ण विकास हुन नसकेकोले नै हाम्रो समाज पछाडि रहेको उनले उल्लेख गरिन् ।
मैथिली एशोसिएशनका अध्यक्ष प्रविण नारायण झाले तेलीको इतिहास गर्विलो र पूर्ण व्यवसायिक भएको बताए । उनले अहिले संसारभरि तेलको विषयमा युद्ध भइरहेको तर तेली समुदायको प्रमुख पेसा नै तेल उत्पादन र बिक्री वितरण गर्ने इतिहास रहेको बताए । ब्यापारमा केन्द्रित तेली समुदाय अहिले शिक्षा र राजनीतिमा पनि अगाडि बढिसकेकोले आप्mनो इतिहास दोहोर्याउने बेला आइसकेको झाको भनाइ थियो । उनले तराई–मधेसको व्यापार कुनै बेला तेलीको हातमा थियो तर अहिले अर्कै व्यक्ति र समुदायको हातमा गएकोले त्यसतर्फ ध्इान पुर्याउनु आवश्यक रहेको उनले बताए ।
तेली कल्याण समाज विराटनगरका अध्यक्ष संजयकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा तेली कल्याण समाजका मोरङ जिल्ला अध्यक्ष डा. बालकृष्ण साह, अधिवक्ता सन्जु साह, नेपाल वैश्य सेवा संघ मोरङ्ग सदस्य किशोर माली, मैथिली समाजका पंकज बर्मालगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए । जिल्ला अध्यक्ष डा. साहले तेली कल्याण समाजको भवन निर्माणका लागि सबै स्वजातीयलाई हातेमालो गर्न आह्वान गरेका हुन् । औपचारिक कार्यक्रमपछि सबैले होली पर्वको अवसरमा एकअर्कालाई रंग अबिर लगाइदिएर शुभकामना आदान प्रदान गरेका थिए । त्यसपछि होलीको अवसरमा खाने मलपुवा, तरकारी, अचार, पकौडा, जेरीलगायतको परिकार खाएर खुशी साटासाट गरेका थिए ।
तस्बिर कथा
युवा पलायनको असर विराट गोल्डकपमा, दर्शकको उपस्थिति न्यून (तस्बिरहरु)
द नेप्लिज संवाददातातराई–मधेसमा होली उत्साह (तस्बिरहरु र भिडियो)
द नेप्लिज संवाददाताढाका महोत्सवमा फेसन सो ‘ढाका रन्वे’ (तस्विरहरु)
द नेप्लिज संवाददाताइस्लाम धर्मावलम्बीहरुले इद पर्व मनाउँदै (तस्बिरहरु)
द नेप्लिज संवाददाताजुम्ला दर्शन !
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares