६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

‘संविधान अनुरुप चल्छ नेपाली सेना’

द नेप्लिज संवाददाता
६ चैत २०८१, बुधबार

Advertisement

काठमाडौँ — नेपाली सेनाले हालै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संगठनसम्बन्धी बढ्दो टीकाटिप्पणीप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ। बुधबार जारी गरिएको सार्वजनिक अनुरोधपत्रमा सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध रहेको स्पष्ट पारेको छ।

सेनाले आफ्नो आधिकारिक धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरू मार्फत सार्वजनिक गर्दै आएको उल्लेख गर्दै, यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न सबै सम्बद्ध पक्षलाई आग्रह गरेको छ।

यस अनुरोधपत्रको पृष्ठभूमिमा, केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयसहितका भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको सन्दर्भ रहेको देखिन्छ। सेनाले यस्ता भ्रामक सूचनाहरूको खण्डन गर्दै आफ्नो संवैधानिक जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

प्रकाशित : ६ चैत २०८१, बुधबार 17:23

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved