भ्रष्टाचारका मुख्य आरोपी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी
काठमाडौँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सुरु भएकै समयदेखि व्यापक अनियमितता र भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको उपसमितिले ठहर गरेको छ । समितिको स्थलगत अवलोकन, सरोकारवालासँगको अन्तरक्रिया र उपलब्ध दस्तावेज अध्ययनपछि तयार भएको प्रतिवेदनले यस आयोजनामा नीति, कानुन र प्रक्रिया मिचिँदै आर्थिक तथा प्राविधिक अनियमितता गरिएको निष्कर्ष निकालेको हो ।
उपसमितिको प्रतिवेदनअनुसार ठेक्का प्रक्रिया सुरु गर्ने बेलाबाटै अनियमितता गरिएको छ । ‘सार्वजनिक खरिद ऐन तथा प्रचलित मान्यता विपरीत तीन सदस्यीय कार्यदल गठन गरी लागत वृद्धि गर्न नीतिगत निर्णय लिइएको, मुल सम्झौताविपरीत कर छुट दिइएको, मास्टर लिस्टका आधारमा २ अर्ब २२ करोड ४० लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता गरिएको’ प्रतिवेदनमा उल्लेख छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयका भूमिका पनि प्रतिवेदनमा आलोचित छन् । उपसमितिले अनियमितता र भ्रष्टाचारमा संलग्न सबै व्यक्तिहरूलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।
विशेषगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ । अधिकारी २०७१ देखि २०७४ सम्म पोखरा विमानस्थल आयोजनाका प्रमुख थिए भने २०७८ माघ १७ देखि हालसम्म प्राधिकरणको महानिर्देशकको रूपमा कार्यरत छन् ।
३१०६ रोपनी जग्गा अधिग्रहणदेखि अनियमितता
२०३२ सालमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर २०६८ मंसिर ११ मा अर्थ मन्त्रालयले ईपीसी मोडेलमा विमानस्थल निर्माणको स्वीकृति दिएपछि मात्र काम औपचारिक रूपमा अगाडि बढेको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यो विमानस्थल उद्घाटन भए पनि अझै व्यावसायिक रूपमा पूर्ण सञ्चालनमा आउन सकेको छैन । यस विषयमा व्यापक जनगुनासो उठिरहेका बेला संसदीय उपसमिति गठन गरिएको थियो ।
६० औँ महालेखा प्रतिवेदनमा पनि बेरुजु
महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनले पनि पोखरा विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमितता औंल्याएको छ । उपसमितिले कर छुट रकम तत्काल संघीय कोषमा दाखिला गरिनुपर्ने सुझाव दिएको छ । उपसमितिमा संयोजक राजेन्द्र लिङ्देनसहित ११ जना सांसद सदस्य रहेका थिए । उपसमितिले तयार पारेको प्रतिवेदन अब सार्वजनिक लेखा समितिमा पेश भइसकेको छ । समितिले प्रतिवेदन अनुमोदन गरेपछि सरकारका सरोकारवाला निकायले आवश्यक कार्यान्वयन प्रक्रिया अघि बढाउनेछ ।
अर्थ/वाणिज्य
देशमा सपना छैन कि व्यवस्था विश्वासिलो छैन ?
जितेन्द्र साहगभर्नर बन्नै लागेका डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न/अपडेटेड
द नेप्लिज संवाददाताअतिरिक्त सचिव पदको बहसमा कांग्रेस एक्लियो
द नेप्लिज संवाददातास्थानीय असन्तुष्टिबीच प्रहरी सुरक्षामा नागढुंगा सुरुङमार्ग धमाधम निर्माण
अब सरकारी करार र ज्यालादारी श्रमिक पनि सामाजिक सुरक्षा कोषमा
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares