विराटनगर– नाबालिकाको आपत्तिजनक भिडियो बनाएर ब्ल्याक मेल गरेको आरोपमा एक युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । काठमाडौं–१६ खरिबोटका २० वर्षीय आयुष कुँबरलाई साबर ब्यूरोको टोलीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
सामाजिक सञ्जाल स्न्यापच्याटबाट पीडितलाई साथी बनाएर फकाइफुल्याइ अनलाइन माध्यमबाट अश्लिलता प्रदर्शन गर्न बाध्य पारेर स्क्रिन रेकर्ड गरी ब्ल्याक मेल गर्न खोजेको भन्दै पीडित पक्षले साइबर सेलमा उजुरी दिएको थियो । उक्त उजुरीको आधारमा साइबर ब्यूरोको टोलीले आयुषलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालय महराजगञ्जका प्रवक्ता डिआईजी दिनेशकुमार आचार्यले बताए । उनको अनुसार विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाटबाट ५ दिनको म्याद लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares