विराटनगर । प्रहरीले विराटनगरमा गएराती सोरुम फुटाएर कार चोरी गर्ने एक जनालाई शुक्रबार पक्राउ गरेको छ । सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई सुनसरीको इनरुवाबाट प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–३ एयरपोर्ट मोडनजिक एम.के. रिसेप्शनको अगाडी पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले सञ्चालन गरेको फोक्स बगान कम्पनीको सोरुमको शिशा फुटाएर बा०१३०च ८५८१ नम्बरको ८० लाख मूल्य बराबरको अनटेस्ट टाइगुन कार चोरी गरेको थियो । सिसि क्यामराको फुटेज अनुसार बिहान २ बजेतिर सिमेन्टको ब्लकले शोरुमको शिशा फुटाइ चोरले गाडी लिएर गएको तर इनरुवामा इन्धन सकिएको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी मोरङको निमित्त प्रवक्ता हेमराज ओलीले बताए । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले सुनाए ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares