३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

बालकलाई अपहरण गर्ने भियतनामी पक्राउ

द नेप्लिज संवाददाता
२७ माघ २०८१, आइतबार

अपहरण आरोपमा पक्राउ परेका भियतनामी मि हाङ किन्हालुन ।

Advertisement

विराटनगर– ललितपुर–१२ स्थित पाटनबाट ४ वर्षीय बालकको अपहरण आरोपमा प्रहरीले भियतनामी नागरिक २३ वर्षीय मि हाङ  किन्हालुनलाई पक्राउ गरेको छ ।  

जिरे भनेर चिनिने पल चेपाङ बिहीबार राति अपहरणमा परे पछि उनकी आमाले प्रहरीलाई गुहारेकी थिइन् । बन्धक बनाइएको बालकलाई कलंकीस्थित मेची गेष्ट हाउसबाट उद्धार गरिएको प्रहरीले बताएको छ । ति बालकलाई भारतको पञ्जाब लैजाने तयारी रहेको प्रहरीको सुरुवाती अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत गरिएको थियो । भियतनामको चाइवाङ सिटीका किन्हालुन २७ डिसेम्बर २०२३ मा नेपाल आएका थिए । केही दिन नेपाल बसे पछि उनी भारतको नयाँदिल्ली गएका थिए । किन्हालुन २७ अप्रिल २०२४ मा भारतको पञ्जाबबाट सडक मार्ग हुँदै पुन : नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उनी ठाउँ परिवर्तन गर्दै काठमाडौंको विभिन्न होटेल र होस्टेलमा बस्दै आएका थिए । उनी यहाँका गुम्बाहरुमा लामा भासा सिक्न भन्दै पुग्थे । उनको घुमफिरको  गनतव्य भने ललितपुरको पाटन दरबार स्क्वायर रहेको उपत्यका अपराध अनुसन्धान शाखाले जनाएको छ ।

प्रहरीका अनुसार २५ माघको बिहान काठमाडौंबाट वीरगञ्ज जाने ‘न्यू साजन एसी सोफा विथ स्लीपर कोच’ नामको ६८१८ नम्बरको बसको सिटी ‘बी’ को ३ र ४ नम्बरको टिकटसमेत बुकिङ गरेका थिए । उनी इलाम मेची गेस्ट हाउसको १०७ नम्बर कोठामा बसेका थिए ।

प्राविधिक अनुसन्धान मार्फत सूचना संकलन गरी प्रहरीले गेस्टहाउसमा छापा मारेको थियो । उद्धार गरिएका बालकलाई पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र अवस्था सामान्य देखिए पछि प्रहरीले परिवारको जिम्मा लगाएको हो । 

गत डिसेम्बर २५ मा क्रिसमस मनाउने क्रममा पाटनको कृष्ण मन्दिरमा बच्चाको दाइसँग भेट भएको भियतनामी नागरिकले बताएको छ । उनले आकर्षक खाने सामग्री दिएर बच्चाहरुलाई प्रलोभनमा पारेको प्रहरीको भनाइ छ ।

अपहरण पछि ती बालकलाई उनले ट्याक्सीमा कलंकी लगेका थिए । पक्राउ परेकाबाट प्रहरीले चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ ।

 

प्रकाशित : २७ माघ २०८१, आइतबार 13:26
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved