६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

अवैध आप्रवासीलाई अमेरिकाबाट निकाल्ने ‘मास्टरमाइन्ड’

२५ माघ २०८१, शुक्रबार

तस्बिर : फोर्ब्स

Advertisement

विराटनगर३९ वर्षीय स्टीफन मिलर अमेरिकी सरकारमा कट्टर राष्ट्रवादी नीति राख्ने यीनको बारेमा धेरैलाई थाहा छैन ट्रम्प प्रशासनका कडा कन्जरभेटिभ रिपब्लिकन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर आप्रवास नीतिकामास्टरमाइण्ड ह्वाइट हाउसमा दबदबा राख्ने यीनी राष्ट्रिय सुरक्षा सल्लाहकार नीतिगत मामिलाका उपनिर्देशक पनि हुन्

ट्रम्पले दोस्रो कार्यकालको दायित्व सम्हालेकै दिन हस्ताक्षर गरेको कार्यकारी आदेशका गुरुयोजनाकार मिलर नै हुन् जन्मसिद्ध नागरिकताको समापन दक्षिणी सिमानामा राष्ट्रिय इमर्जेन्सी घोषणा गर्नु,’तीमध्येका एक हुन् यीनी आफ्नो नीतिलाई लिएर सञ्चार माध्यमसँग भाग्दैनन् उनले फक्स न्यूजसँग ती नीतिहरुलाई कार्यान्वयन गर्न राष्ट्रपति ट्रम्पको कमाण्ड एवं निर्देशन अनुरुप संघीय बलको पूरा शक्तिको प्रयोग गर्ने बताएका छन्

१९८५ मा क्यालिफोर्नियाको सान्टामोनिकामा एक यहुदी परिवारमा जन्मेका मिलर कन्जरभेटिभ व्यक्तित्व मिडिया प्लेटफर्मसँग प्रभावित थिए युवा उमेरदेखि उनले राजनीतिमा रुची राख्न सुरु गरेका थिए

 

आफ्नो विद्यालयमा राष्ट्रप्रेमको आलोचना गर्दै १६ वर्षको उमेरमा  मिलर एक स्थानीय अखबारमा पाठकपत्र लेखेका थिए उनले आफूलाई कन्जरभेटिभ एक्टिभिस्टको रुपमा प्रस्तुत गर्दै ल्याटिन मूलका छात्रले कक्षामा केवल अंग्रेजी बोल्नु पर्ने धारणा राखे । उनको राजनीतिक प्रशिक्षण ड्युक युभिभर्सिटीमा भयो सन २००७ मा उनले यहाँबाट राजनीतिक विज्ञानमा ग्रयाजुएट गरे

कलेजमा एक खेलाडी समूहमाथि बलात्कारको आरोप लाग्दा उनी खुलेर बचाउमा अघि सरेका थिए ती खेलाडीहरु अन्तत: निर्दोष साबित भए उनी यो प्रकरणबाट मिडियाको आँखामा परे उनले यतिबेलै आफूलाई गोरा बर्चस्ववादी रिचार्ड स्पेन्सर जस्ता विवादित व्यक्तित्वसँग आफूलाई जोड्न सुरु गरे स्पेन्सरसँगको सम्बन्ध बारे पछि उनले अस्वीकारेका थिए

ग्रेजुएट भए पछि उनले कांग्रेसमा रिपब्लिकन सदस्यहरुको सञ्चार सल्लाहकारको हैसियतमा काम गरे उनले २००७ मा आप्रवासी मुद्दामा कडा दृष्टिकोण राख्ने तत्कालीन सिनेटर जेफ सेशंसको संगत गरे उनकै मातहतमा रहेर २०१३ मा उनले आप्रवासन सुधार विधेयकको विरोधमा मुख्य भूमिका निर्वाह गरे खुला सिमा नीतिको एक विरोधीको रुपमा छविलाई मजबूत गरे

२०१६ मा उनी नीतिगत सल्लाहकार भाषण लेखकको रुपमा डोनाल्ड ट्रम्पको राष्ट्रपति चुनाव प्रचारका अंग बने ट्रम्पको राष्ट्रवादी एवं आप्रवासी विरोधी स्वरको श्रेय मिलरलाई दिइन्छ मुस्लिम बहुल देश माथि आप्रवासन प्रतिबन्ध अनियमित प्रवासीका परिवारलाई अलग गर्ने सम्बन्धमा ट्रम्पको २०१७ को सपथ ग्रहण भाषणलाई उदाहरण मान्न सकिन्छ ट्रम्पको दृष्टिकोणको व्याख्या विस्तारमा भूमिकाकै कारणले उनले ट्रम्पको पहिलो सरकार २०१७ देखि २०२१ सम्म महत्वपूर्ण व्यक्तित्वको रुपमा आफूलाई स्थापित गरे

यस पछि मिलरलाई आप्रवासी सम्बन्धि कडा दृष्टिकोण भयंकर विवादस्पद विचारलाई ठोस नीतिमा परिवर्तन गर्ने क्षमताका लागि चिनिन थालियो यस रिपब्लिकन सल्लाहकारले गोपनीयताका साथ काम गर्ने एवं आन्तरिक विरोधबाट बच्ने रणनीतिमा महारत हासिल गरेको हुनाले ट्रम्पको सबैभन्दा कडा निर्णयभन्दा केहीलाई लागू गर्नमा मद्दत गरेको न्यूयोर्क टाइम्सले जनाएको

प्रकाशित : २५ माघ २०८१, शुक्रबार 16:31

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved