५ वैशाख २०८२, शुक्रबार 18 Apr 2025, Friday

‘नो केबलकार’ समूहलाई पुनः वार्तामा बोलाइयो

द नेप्लिज संवाददाता
९ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर– ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेको पक्षलाई सरकारले पुनः वार्तामा बोलाएको छ । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले शुक्रवार विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न वार्ता आउन आग्रह गरेको हो । ताप्लेजुङमा बिहीबार सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप पछि गृहको यो विज्ञप्ति आएको हो । 

‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्याको समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भइ वार्ता एवं संवादमा आउनको लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

‘नो केबलकार समूह’ र पहिचानवादी समूहले पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएका छन् । उनीहरुले माघ १५ देखि ताप्लेजुङमा यातायात ठप्प पारेका थिए । माघ २२ मा वार्ता समिति र आन्दोलनरत समूहद्धारा गठित अम्बर तुम्याहाङ संयोजक रहेको वार्ता समन्वय समितिबीच छ बूँदे सहमतिपछि मत्थर भएको आन्दोलन पुनः चर्केको छ । वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई बिनाशर्त छोड्ने सहमति भएको थियो । तर, सहमतिविपरीत धरौटीमा छाडे पछि उनीहरुले पुनः आन्दोलन थालेका हुन् । 

प्रकाशित : ९ फागुन २०८१, शुक्रबार 17:56
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved