विराटनगर– ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार सम्बन्धमा विस्तृत छलफल गर्न बसेको बैठक स्थानीयको माग अनुरुप अघि बढ्न सकेको छैन । आन्दोलनरत ‘नो केबलकार समूह’ र सरकारबीचको छलफल विषयमा प्रवेश गर्न नपाउँदै स्थगित भएको आन्दोलनरत पक्षले जनाएको छ ।
आन्दोलनरत पक्षको प्रतिनिधित्व गरिरहेका सन्तोष मेहेताले यो विषय राजनीतिक मुद्दा भएकोले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै वार्ताको माग गरेको बताए । वार्तामा कर्मचारीको नेतृत्व उपस्थित भएकाले छलफल नगरेको उनले बताए । सरकारी पक्षले केबलकार जसरी पनि बन्ने अडान लिंदै त्यसका लागि सेयर, रोजगारीलगायतमा मिलाउने प्रस्तावमा जोड दिएको मेहेताले बताए । उनले भने, ‘त्यसमा छलफल गर्नै चाहँदैनौं ।’
यो असफल बैठकमा गृहमन्त्रालयबाट प्रेमप्रसाद भट्टराई नेतृत्वको टोली थियो । आन्दोलनरत पक्षले कर्मचारीतन्त्र भन्दा पनि राजनीतिक संयन्त्रसँगमात्रै वार्ता गर्ने स्पष्ट गरेको थियो । मेहेताले भने, ‘नभए भोलिदेखि हामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’
पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण तत्काल रोक्नका लागि आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति जुटेको थियो । यस लगतै ‘नो केबलकार समूह’ले आन्दोलन स्थगित गरेको थियो ।
उक्त दिन भएको ६ बुँदे सहमतिमा माघ २७ (आज) पुनः विस्तृत छलफल गर्ने सहमति भएको थियो । दुवै पक्षबीच आन्दोलनका क्रममा घाइतेहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने, माघ १२ को घटनामा छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा पक्राउहरुलाई विना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाउने, मुक्कुमलुङ संरक्षक पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता लिने सहमति भएको थियो ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताप्रदेश
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares