विराटनगर– पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभए पछि पुनः आन्दोलनको घोषणा गरेको हो ।
उनीहरुले फागुन ६ देखि ८ सम्म ‘मुक्कुमलुङ बचाऊ पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार निर्माणविरुद्ध विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
आन्दोलनरत पक्षको प्रतिनिधित्व गरिरहेका सन्तोष मेहेताले यो विषय राजनीतिक मुद्दा भएकोले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै वार्ताको माग गरेको बताए । सरकारी पक्षले केबलकार जसरी पनि बनाउने अडानमा छ । त्यसका लागि सेयर, रोजगारीलगायतमा मिलाउने प्रस्ताव अघि सारेको मेहेताले बताए । तर आन्दोलनरत पक्ष कुनै प्रलोभवमा फसेर आन्दोलन तुहाउने अवस्था नरहेको स्पष्ट पारेका हुन् ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताप्रदेश
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares