६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

´पत्रकारिताप्रतिकाे विश्वास जाेगाउने चुनाैति`

द नेप्लिज संवाददाता
२९ चैत २०८१, शुक्रबार

Advertisement

विराटनगर– प्रविधिकाे विकाससँगै आमनागरिककाे सूचनामा बढेकाे पहुँचले पत्रकारिताप्रतिकाे विश्वास जाेगाउने चुनाैति बढेकाे छ । सञ्चार तथा सूचना, प्रविधि मन्त्रालयले विराटनगरमा शुक्रबार आयाेजना गरेकाे अनलाईन मिडिया, यूट्युब तथा पत्रकारिता क्षेत्रका समसामयिक सवाल सम्बन्धमा अभिमुखीकरण तथा छलफल कार्यक्रमका सहभागीहरूले आमनागरिककाे पत्रकारिताप्रति विश्वास जाेगाउने चुनाैति रहेकाे बताएका छन् ।

सञ्चार तथा सूचना, प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सूचना प्रविधिकाे विकाससँगै विभिन्न किसिमकाे चुनाैतिका बीच मर्यादित पत्रकारितालाई अगाडि बढाउनु आवश्यक रहेकाे बताइन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति सरकार प्रतिबद्ध रहेकाे बताइन् । उनले प्रविधकाे विकासले असत्य सूचना छिटाे भन्दाछिटाे फैलिने गरेकाे अवस्थामा सत्य सूचना प्रवाह गर्ने मिडियाकाे भूमिका अपरिहार्य रहेकाे बताइन् ।

जिल्ला समन्वय समिति माेरङ प्रमुख अजम्बर राईले पत्रकारिताप्रतिकाे विश्वास कायम राख्न वास्तविक धरातलमा आधारित पत्रकारितालाई कायम राख्नु आवश्यक रहेकाे बताएका छन् । ´मिडिया क्षेत्र सरकार र जनताबीचकाे सेतु हाे,` उनले भने, ´अहिले अनलाइनमा पूर्वाग्रही भएर धारावाहिक लेखेर पारिवारिक बिखण्डन ल्याउने अवस्थामा सुधार आवश्यक छ ।`

माेरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अहिलेकाे डिजिटल मिडियाकाे सकारात्मक पक्ष धेरै हुँदाहुँदै पनि त्यसकाे व्यवस्थापन समयानुकुल हुन नसकिरहेकाेले समस्या देखिएकाे बताएका छन् । ´पत्रकार तथा पत्रकारिता क्षेत्र दलगत रूपमा विभाजित हुनुका साथै पत्रकारकाे याेग्यता पनि कायम हुनु अपरिहार्य छ,` उनले भने, ´मिडिया क्षेत्रमा लगानी गरेर दिगाेपनकाे सवाल छ र यसलाई प्रेस काउन्सिलले हेर्नू आवश्यक छ ।`

कार्यक्रममा काेशी प्रदेश पत्रकार महासंघका भरत खड्का र माेरङ पत्रकार महासंघकी अध्यक्ष सुशिला पाठकले पत्रकारिता क्षेत्रकाे सवालका विषयमा आ-आफ्ना विचार व्यक्त गरे ।

प्रेस काउन्सिलका सदस्य विजयराज अधिकारी, अध्यक्ष पाठक र मन्त्रालयकी उपसचिव ममता वास्ताेलाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : २९ चैत २०८१, शुक्रबार 13:19

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved