विराटनगर- नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिता पेशा जाेगाउन चुनाैतिपूर्ण बनेकाे बताएकी छिन् ।
नेपाल पत्रकार महासंघ काेशी प्रदेशले प्रदेश सरकारकाे सहयाेगमा शनिबारदेखि सुरू गरेकाे ५ दिने लैङ्गिक हिंसा निवारण सम्बन्धी पत्रकार महिलाहरूलाई खाेज पत्रकारिता तालिममा उनले नेपाली मिडियाहरू सामाजिक सञ्जालका साथै नयाँ मिडियाकाे विकास र आर्थिक संकटमा रहेकाे बताइन् ।
´पत्रकारले सत्यतथ्य समाचार नलेख्दा पत्रकारलाई थप चुनाैति बढ्नुका साथै भाैतिक र पेशागत रूपमा असुरक्षित बनेकाे छ,` उनले भनिन्, ´पत्रकार जिम्मेवार बन्नु जरूरी छ । मिडिया सुरक्षित गर्न र जाेगाउन सरकारकाे संरक्षण अपरिहार्य भइसकेकाे छ ।`
सामाजिक सञ्जाल तथा नयाँ मिडियामा आउने झूठा र असत्य सूचनालाई चिर्दै सत्य सूचना र समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने दायित्व निर्वाह गर्न अध्यक्ष शर्माले बताइन् ।
नेपाल पत्रकार महासंघ काेशीकी उपाध्यक्ष अम्बिका भण्डारीकाे अध्यक्षतामा सुरू भएकाे तालिममा प्रदेशभरिका ३० जना महिला पत्रकारहरूकाे सहभागिता रहेकाे छ । तालिममा अध्यक्ष निर्मला शर्मा, बन्धु पाेखरेल, शिव गाउँले, यज्ञ शर्मा लगायतका प्रशिक्षकले प्रशिक्षण दिने छन् । सात वटै प्रदेशमध्ये काेशी प्रदेशमा सबभन्दा बढी लैङ्गिक हिंसाकाे घट्ना घटेकाे तथ्यांक लगातार तीन वर्षदेखि आइरहेकाले याे तालिम आयाेजना गरिएकाे कार्यक्रमकी अध्यक्ष भण्डारीले बताइन् ।
समाचार
बराहक्षेत्रमा १७७ किलो गाँजासहित दुई पक्राउ
बिहानदेखि अशान्त हरैँचा बजारको स्थिति साम्य
द नेप्लिज संवाददाताताप्लेजुङ बोलेरो दुर्घटना छानबिन गर्न चार सदस्यीय समिति गठन
द नेप्लिज संवाददाता२०६२/६३ को जनआन्दोलनमा काठमाडौँका कमान्डर तीर्थराम डंगोलको निधन
द नेप्लिज संवाददातातिब्बतको ताक्लाकोट आवतजावतका लागि अस्थायी प्रवेश पास वितरण
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares