विराटनगर– आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
साथै देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात पनि हुनसक्ने महाशाखाले जनाएको छ । आइतबार राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहने उल्लेख गरिएको छ ।
कोशी प्रदेश, मधेश प्रदेश तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
शिक्षा/प्रविधि
३१ शिक्षक र ३ प्रहरी घाइते, पत्रकारको आँखामा चोट
शिक्षकका आँसु, बालबालिकाको भविष्य र मौन सरकार
जितेन्द्र साहदेशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
द नेप्लिज संवाददाताबारद्वारा शिक्षकसँग शीघ्र वार्ताका लागि सरकारलाई अपिल
द नेप्लिज संवाददातासरकार र शिक्षक महासंघबीच सकारात्मक वार्ता, आन्दोलन अन्त्यको संकेत
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares