हिन्दु क्यालेन्डरको प्रत्येक मासको कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रिको रुपमा लिइन्छ । यो मासिक शिवरात्रिको नामले पनि प्रचलित छ । फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथि महाशिवरात्रिको नामले चिनिन्छ ।
विराटनगर– पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा मंगलबार साँझदेखि महाशिवरात्रि पर्वको रौनक छ । हिन्दु धर्मावलम्बीले बुधबार बिहानदेखि रातिसम्म भगवान भोले–शंकरको आराधना, भजनकीर्तन, पूजा र होममा मस्त रहने छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई महाशिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातका रूपमा मनाउने परम्परा छ ।
महाशिवरात्रिमा महादेवको मन्दिरहरुमा बिहानदेखि भक्तजनहरूको घुइँचो लाग्छ । बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने चलन छ । भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने, भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउँछन् । यस पर्वका दिन उपवास बसी रातभर जाग्राम गरेर शिवको प्रिय गाईको दूध, धतुरो र बेलपत्र चढाएमा सर्वसिद्धी लाभ भइ यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । शिवरात्रिका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठ–मन्दिरमा धुनी जगाइ भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।
यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । नारीका लागि शिवरात्रिको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रार्थना गर्छन् । असल पतिको कामना गर्छन् । विवाहित महिलाले पति र परिवारको मंगल कामना गर्छन् । धार्मिक मान्यता अनुसार सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए ।
प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हान्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका थिए । यसैले यस दिनलाई महाशिवरात्रि वा कालरात्रि भनिन्छ । शिवरात्रि त्यो रात्रि हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ । भगवान शिवको अति प्रिय रात्रिलाई शिवरात्रि भनिन्छ । शिव पुराणको ईशान संहितामा बताएको छ कि फागुन कृष्ण चतुर्दशीको रात्रिमा आदिदेव भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए ।
यस्तो मानिन्छ कि महाशिवरात्रिमा भगवान मानवजातिको एकदम निकट आएका थिए । मध्यरात्रिको समय ईश्वर मनुष्यको सबैभन्दा बढी निकट हुन्छ । यही कारण मानिसहरु शिवरात्रिका दिन रातभर जग्राम बस्छन् । शिवरात्रिको दिन शिव आराधनाको विशेष महत्व छ । शिवजीको आराधनामा जति महत्व अभिषेकको हुन्छ, उत्तिनै महत्व महामृत्युंजय मन्त्रको पनि । शिवजीको आराधना महामृत्यंजय मन्त्र बिना अपूर्ण हुने धार्मिक मान्यता छ ।
पौराणिक मान्यता अनुसार महाशिवरात्रिको दिन नै भगवान शिवले आफ्नो शिव लिङ्ग सवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरुपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए । यही कारणले महाशिवरात्रिको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आराधना गर्ने विधान रहेको छ ।
भनिन्छ समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएका थिए । यही कारणले नै महाशिवरात्रि मनाइन्छ । सागर मंथनबाट निस्केको विषलाई पिएर भगवान शिवको गला निलो भएकाले उनलाई निलकन्ठ पनि भनिन्छ । हिन्दु क्यालेन्डरको प्रत्येक मासको कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रिको रुपमा लिइन्छ । यो मासिक शिवरात्रिको नामले पनि प्रचलित छ । फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथि महाशिवरात्रिको नामले चिनिन्छ । पौराणिक मान्यताहरुका अनुसार यो दिन नै आधि रातमा भगवान शिव निराकार ब्रह्माबाट साकार स्वरुप अर्थात रुद्र रुपमा अवतरित भएका थिए । त्यसैले यो तिथिलाई महाशिवरात्री भनिन्छ । यो दिन विशेष रुपले भगवान शिवको पुजा–अर्चना गरिन्छ ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares