मोरङ : दुई युवासँग लागूऔषध बरामद
उर्लाबारी नगरपालिका-३ थापा चोकबाट बिहीबार बेलुकी २० वर्षीय इन्द्र मगर र ३० वर्षीय भविन्द्र दर्जीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १९४ ट्याब्लेट र स्पास्पेन १९४ ट्याब्लेटसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
चितवनको कालिका नगरपालिका-७ लाहुरे चोकबाट ३० वर्षीय राजकुमार तामाङलाई डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन गरी ९ एम्पुल लागूऔषधसहित पक्राउ गरिएको छ।
यस्तै, सोही नगरपालिकाको क्लब चोकबाट २४ वर्षीय अमृत बम्जनलाई डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन ८/८ एम्पुलसहित नियन्त्रणमा लिइएको छ।
पाल्हीनन्दन गाउँपालिका-२ सुगौलीबाट ४० वर्षीय शेष कुमार उपाध्यायलाई ब्राउनसुगर जस्तो देखिने ४.१० ग्राम पदार्थसहित पक्राउ गरिएको छ। उनी मोटरसाइकलमा यात्रा गरिरहेका बेला जाँचका क्रममा पक्राउ परेका हुन्।
पर्सागढी नगरपालिका-९ बडेरवाबाट ६० वर्षीय धुर्व ठाकुरलाई गाँजा २ किलो ५०० ग्रामसहित पक्राउ गरिएको छ।
धनगढी उपमहानगरपालिका-३ फिस रिसोर्ट नजिकैबाट २४ वर्षीय श्यामलाल राना र २१ वर्षीय रवि चौधरीलाई खैरो हेरोइन जस्तो देखिने १५० मिलिग्राम पदार्थसहित पक्राउ गरिएको छ।
यसैगरी गोदावरी नगरपालिका-१ बुद्धनगरबाट १९ वर्षीया रेनुका चौधरीसहित दुई जनालाई ब्राउनसुगर जस्तो देखिने १.३० ग्राम पदार्थसहित पक्राउ गरिएको छ।
आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट गोरखा नगरपालिका-६ बस्ने २५ वर्षीय अनिल अधिकारीलाई ट्रामाडोल ५८८० ट्याब्लेटसहित पक्राउ गरिएको छ। काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बसमा जाँच गर्ने क्रममा लागूऔषधसहित उनी पक्राउ परेका हुन्।
भद्रपुर नगरपालिका-३ डाँगीबारीबाट २१ वर्षीय सुन्दर सिवालाई १९.३४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ। उनी भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका हुन्।
सियारी गाउँपालिका-१ सोनारेटबाट २५ वर्षीय विशाल नायकलाई ६.५९ ग्राम ब्राउनसुगर र नगद ३९६० रुपैयाँसहित पक्राउ गरिएको छ।
शहीदभूमी गाउँपालिका-१ त्रिवेणीघाटबाट ३१ वर्षीय हरिन्द्र राई, ४१ वर्षीय टिकाराम राई, र ३२ वर्षीय नगेन्द्र राईलाई १५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट ५२ वर्षीय जुक्ती लाल पासवानलाई डाइजेपाम, प्रोमेथाजिन, र बुप्रेनोर्फिन गरी १९८/१९८ एम्पुल लागूऔषधसहित पक्राउ गरिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares