६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

विभिन्न स्थानमा लागूऔषधसहित १९ जना पक्राउ

द नेप्लिज संवाददाता
१० चैत २०८१, आइतबार

Advertisement

विराटनगर–  नेपाल प्रहरीले अवैध लागूऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा देशभरबाट १९ जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न स्थानमा अभियान चलाउँदै ठूलो परिमाणमा लागूऔषध तथा नगदसमेत बरामद गरेको छ।​

मकवानपुर

हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ कमलडाँडा बस्ने १९ वर्षीय जिजस घलानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। त्यसैगरी हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय विशाल लिम्बुलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले पक्राउ गरेको हो।​

कैलाली

धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ मोहनपुर बस्ने २८ वर्षीय रविन्द्र बुढा र सोही उपमहानगरपालिका-५ हसनपुर बस्ने २६ वर्षीय विराट रावल रहेका छन्। उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको टोलीले पक्राउ गरेको हो।​

दाङ

घोराही उपमहानगरपालिका-१० पहेलपार गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५९० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय समिर वली र सोही उपमहानगरपालिका-१२ बस्ने रोल्पा परिवर्तन गाउँपालिका-३ बागमारा ताईवाङ ठेगाना भएका २८ वर्षीय करण बुढा मगर रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले पक्राउ गरेको हो।​

बाँके

जानकी गाउँपालिका-५ बुडियागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३९ ग्राम ६० मिलिग्राम र नगद ४२,६५० रुपैयाँसहित सोही ठाउँ बस्ने ६६ वर्षीय रम्मन खानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनीसँगै भे.६ प ३३०७ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। उनीलाई जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो।​

मोरङ

विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्रामसहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २३ वर्षीय गणेश दाहाल, २७ वर्षीय सुमन कोइराला, २९ वर्षीय डिकेश कार्की र २६ वर्षीय यज्ञ राम कार्की रहेका छन् । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा पक्राउ गरेको हो।​

काठमाडौं

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८४० ट्याब्लेटसहित भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय दावा छिरिङ स्याङतानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनीलाई प्रहरी चौकी जोरपाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो।​

बर्दिया

बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-४ बस्ने २७ वर्षीय रन्जित चौधरी र ३४ वर्षीय कालुराम चौधरी रहेका छन्। उनीहरूलाई प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१० प ८०३४ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा पक्राउ गरेको हो।​

उदयपुर

त्रियुगा नगरपालिका-५ विलाउनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ मोतिगडा बस्ने ३७ वर्षीय रोहित चौधरी र ३१ वर्षीय नागेश्वर चौधरी रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले सप्तरीबाट गाइघाटतर्फ आउँदै गरेको प्र.२-०१-००२ प ७८६३ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा पक्राउ गरेको हो।

सिराहा

लहान नगरपालिका-१९ कटहा कालाबन्जरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, बुप्रेनोर्फिन ३६ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र नाइट्राजेपाम ३४० ट्याब्लेटसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सखुवानन्कारकट्टी गाउँपालिका-२ बस्ने २१ वर्षीय अमरेश कुमार यादव, लहान नगरपालिका-२० बस्ने २३ वर्षीय पंकज शर्मा र सोही नगरपालिका-१ बस्ने १९ वर्षीय राजीव कुमार दास रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले छरापटी चोकबाट कालाबन्जरतर्फ आउँदै गरेको स.६ प ११४३ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा पक्राउ गरेको हो। लागूऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने बताइएको छ।

प्रकाशित : १० चैत २०८१, आइतबार 13:51
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved