विराटनगर– सत्यता, तटस्थता र पारदर्शिताको यात्रामा प्रतिबद्धताका साथ अघि बढ्छौँ भन्ने लक्ष्य बोकेर आजकै दिन कोशी प्रदेशको राजधानी, मुलुकको औद्योगीकरणको आधार भूमि तथा राजनीतिक नगरी विराटनगरबाट अनलाइन न्युज पोर्टल ‘द नेप्लिज डट कम,’ को शुभारम्भ गरेका हौँ । एक महिना पुरा गरेको यो मौकामा सबैभन्दा पहिले पाठक, दर्शक, स्रोता, शुभेच्छुक र सहयोगी हातहरु प्रति आभार प्रकट गर्न चाहन्छौँ । छोटो टिमका साथ थालनी भएको यो समाचार प्रधान वेबसाइटलाई हरेक दिन तिखार्दै र निखार्दै लग्ने प्रयासमा आम पाठक, दर्शक, स्रोता, शुभचिन्तकको साथ, सहयोग, सुझाव र मार्गदर्शन अमूल्य रहेको छ ।
आमसञ्चार र पत्रकारितालाई नयाँ प्रविधिसँग जोडेर सुरु भएको यो यात्राको पहिलो एक महिना धेरै विषयमा सिकाइ, बुझाइ, आम पाठकको चाहना अनुकूल तिर्खार्दै अघि बढ्यौं । अब यो यात्रा दोस्रो महिनामा प्रवेश गरेको छ । बौद्धिक नगरी विराटनगरको खबरको बजारमा अनलाइन र परम्परागत पत्रिकाको कमी छैन । तर पार्टी पत्रकारिता, सामाजिक सञ्जाललगायत कारणले धुमिल बन्दै गएको पत्रकारिताको विद्यमान परिप्रेक्ष्यमा सबै वर्ग, दल, तह तप्का र फरक फरक विचारका साझा चौतारीको रुपमा ‘द नेप्लिज डट कम’लाई अगाडि बढाउने जमर्को गरेका छौं ।
संघीय राजधानीमा झण्डै डेढ दशक पत्रकारिताको अनुभव बटुलेको हुनाले मोफसलबाट केन्द्रीय स्तरको विषयवस्तुको कसरी उठान गर्ने, तराई तथा हिमाल र पहाडलाई भावनात्मक रुपले जोड्दै राष्ट्रिय एकताको सुत्रमा जोड्ने सेतु कसरी बन्ने हाम्रो प्रयास हो । नामबाटै हाम्रो उद्देश्य प्रष्ट छ । नाम अनुरुपको पहिचान बन्न सकोस् र खबरको भिडमा आएको यो अनलाइनले जन जनको भावनालाई जोड्दै राष्ट्रियता निर्माणमाको मार्गमा प्रयत्नरत छ ।
निष्पक्ष पत्रकारिता गर्दा आउने चुनौतिहरुलाई सामना गर्दै दृढ विश्वासका साथ अघि बढिएकोले हरपल तपाइँहरुको साथ र सहयोगको अपेक्षा गरेका छौँ । सत्य र स्वतन्त्र रहेर जन पक्षीय सवालहरुको उठान, राज्य पक्षलाई खबरदारी गर्ने हाम्रो उद्देश्य हो । मुलुकमा देखिएको आर्थिक मन्दी, भ्रष्टाचार, दण्डहिनता, व्यक्तिगत स्वार्थमा लिप्त राजनीतिक नेतृत्व तथा नेताहरुको व्यवहार, बेरोजगारीले निराश बन्दै गएको आम नेपालीको चाहना अनुरुपको खबरदारीपूर्ण विषयवस्तुका साथै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको विषयवस्तु पस्किँदै आएका छौँ ।
एक महिना अगाडि हामीले ‘द नेप्लिज डट कम,’ थाल्दा जनकेन्द्रित पत्रकारितालाई अगाडि ल्याउने एक मात्र उद्देश्य राख्यौँ । अघि बढ्दै जाँदा तपाइँहरुबाट प्राप्त सल्लाह, सुझाव, हौसला र विश्वासले यो यी उद्देश्य पुर्तिमा झन दह्रो रुपमा बामे सर्दै छौँ ।
यो महिना चुनौतिसँगै प्रोत्साहनले गर्दा धेरथोक सिक्दै र सुधार्दै अघि बढ्यौँ । सानो लगानी तर ठूलो सपना बोकेर हामीले यस्तो मञ्च खडा गरेका छौँ जहाँ आममान्छेका महत्वपूर्ण भाव बोकेका कथाहरु पस्किने प्रयास गरेका छौँ। यो छोटो अवधिमा समाजलाई आघात पुर्याउने मुद्दाहरुको उठान गरेका छौँ, हेर्दा सामान्य लाग्ने तर गम्भीरतापूर्वक ध्यानदिनुपर्ने जनसरोकारका विषयहरु उठाएको छौँ ।
पत्रकारिताको निष्ठाप्रति प्रतिबद्ध रहेकाले सधैँ जनसरोकारका विषय हाम्रो प्राथमिकतामा रहने विश्वास छ । अहिलेसम्म प्राप्त उपलब्धीको सम्मान गर्दै थप सशक्त भएर आम नागरिकको पक्षमा उभिरहने र राज्य पक्षलाई खबरदारी गरिरहन प्रतिबद्ध छौँ ।
पत्रकारिताले शक्तिशाली र प्रचारवादीको होइन, सत्यमा अडिग रहेर जनताको सेवा गर्नुपर्छ भन्ने विश्वासबाट द नेप्लिज डट कमको जन्म भएको हो । गलत सूचना सजिलै फैलिने अहिलेको समयमा हामी आम जनताको पक्षमा सत्य, तथ्यपूर्ण र सन्तुलित समाचारको भरपर्दो स्रोत बन्न प्रयासरत छौँ । विशेष गरी ती भुइँमान्छेहरुको पक्षमा जो आवाज बिहिन छन् । हामी तीनै भूगोलका भुइँका कथाहरू इमानदारी र जिम्मेवारीका साथ लेख्न, भन्न र सुनाउने अभियानका साथ पाइला सार्दैछौँ ।
अघि बढ्दै जाँदा यो मञ्चलाई सुधार, विस्तार र सृदृढ पार्ने मार्गमा समर्पित छौँ । हाम्रो प्रयास भनेको धेरैभन्दा धेरै नागरिकसम्म पुग्नु, थप महत्वपूर्ण मुद्दाहरूलाई समेट्नु, पाठकहरूको सहभागिता बढाउनु, सवाल गर्ने, जवाफ दिने एवं योगदान दिन सक्ने ठाउँ सिर्जना गर्नु हो । हामी तपाईंलाई यो यात्राको हिस्सा बन्न आमन्त्रित गर्दछौँ । हाम्रा सामग्री पढ्नुहोस्, साझा गर्नुहोस् र समर्थन गर्नुहोस् ।
हामीलाई साँच्चै जनताको स्वामित्वमा रहेको मिडिया प्लेटफर्म निर्माण गर्न मद्दत गर्नुहोस् । यो त पहिलो कदम मात्र हो । सँगै बढ्दै, जानकारी दिँदै र केही फरक गर्दैै अगाडि बढ्दै जाऔँ । यो कोसिसमा हाम्रो साथ रहनु भएको सबैमा हृदयदेखि धन्यवाद् ज्ञापन गर्दछौँ ।
विचार/अन्तर्वार्ता
५४ योजनामा १ खर्ब ३९ अर्ब लगानी भित्र्याउने लक्ष्यका साथ कोशी प्रदेश लगानी सम्मेलन आयोजना हुँदै
देव नारायण साहट्रम्प कर युद्धको छायाँमा नेपाल : विश्व व्यापारिक अस्थिरता र साना अर्थतन्त्रका चुनौतीहरू
जितेन्द्र साहदेशको व्यवस्था फेरिन्छ, सुविधाभोगी फेरिँदैन
जितेन्द्र साहपूर्वराजा ज्ञानेन्द्र पनि सुध्रिए, लोकतन्त्रवादी नेताहरु कहिले सुध्रिने ?
जितेन्द्र साहनयाँ वर्ष, नयाँ दृष्टिकोण : अनिश्चितताको बीचमा उत्तरदायी पत्रकारिताको प्रतिबद्धता
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares