विराटनगर- माहेश्वरी महिलामञ्च र रोटरी क्लब अफ विराटनगर फ्युजनले कोशी अस्पतालमा संयुक्त रूपमा मेटरनिटी किट वितरण गरेका छन् ।
मञ्च र क्लबले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा २१ सुत्केरीलाई किट वितरण गरेका हुन् । मञ्चले ५० जना सुत्केरीका लागि किट तयार गरिएको र पहिलो चरणमा २१ जनालाई वितरण गरेको जनाएको छ ।
किटमा सुत्केरीका लागि गाउन, प्रोटिनरिच खाद्यान्न, नवजात शिशुका लागि झुल, कम्बल, भोटो सेट र साबुन राखिएको छ ।
मञ्चका अध्यक्ष ललिता जाजूले समाजमा आवश्यक परेकालाई मञ्चले नियमित रूपमा सहयाेग उपलब्ध गराउँदै आएको बताइन् ।
क्लबका अध्यक्ष विवेक अग्रवालले मानवसेवा नै सबैभन्दा ठूलो पुण्य र धर्मको कार्य भएको चर्चा गर्दै क्लब सधैँ यही अवधारणामा क्रियाशील रहेको उल्लेख गरे ।
कोशी अञ्चल अस्पतालका स्त्री तथा प्रसूति रोगविशेषज्ञ अञ्जु देवले कमजोर अवस्थाका सुत्केरी र नवजात शिशुलाई समाजका सबैले नि:स्वार्थ सहयोग गर्नु कर्तव्य र दायित्व भएको विचार व्यक्त गरिन् । डा. देवले माहेश्वरी महिला मञ्चले कोशी अस्पतालका बिरामीलाई निरन्तर सहयोग गरिरहेको स्मरण गरिन् ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares