विराट गोल्डकपमा सेमिफाइनलको खेल सुरु
विराटनगर– विराट गोल्डकपमा आइतबारबाट सेमिफाइनलको खेल सुरु हुँदै छ । पहिलो सेमिफाइनलको खेल त्रिभूवन आर्मी क्लब र थ्री स्टार फुटवल क्लबबीच विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ः३० बजेबाट सुरु हुँदै छ । दोस्रो सेमिफाइनलको खेल सोमबार नेपाल पुलिस र चर्च ब्वाइज फुटवल क्लबबीच हुनेछ ।
विराट गोल्डकपको शनिबार भएको खेलमा चर्च ब्वाइजले एनआरटी फुटवल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । विराट गोल्डकपको फाइनल खेल त्रिभूवन आर्मी–थ्री स्टारबीचको विजेता र नेपाल पुलिस–चर्च ब्वाइजबीचको विजेताबीच हुनेछ ।
विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ को फाइनल खेल फाल्गुन २८ गते हुनेछ ।
खेलकुद
इतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददातातनाव, नाटकीयता र व्यक्तिगत उपलब्धिका कथा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares