विराटनगर —किरात समुदायले शनिबार काठमाडौँको टुँडिखेलमा साकेला नाचसहित परम्परागत उभौली पर्व भव्य रूपमा मनाएका छन्।किरात समुदायका सदस्यहरूले सांस्कृतिक पहिरनमा सजिएर साकेला नाच प्रस्तुत गर्दै पितृ स्मरण र प्रकृतिपूजाको भावका साथ उभौली पर्व मनाए।
किरात धर्मावलम्बीहरूले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाउने परम्परा छ। यस वर्ष उभौली वैशाख २२ मा परेको थियो।उभौली पर्व वसन्त ऋतुमा मनाइन्छ। यस अवसरमा किरात समुदायले पितृलाई सम्झने, प्रकृतिलाई धन्यवाद दिने, बालीनाली राम्रो होस्, प्राकृतिक विपत्ति नआओस् र सबैमा सुख, शान्ति, सुस्वास्थ्य रहोस् भन्ने कामनाका साथ पूजा गर्ने चलन छ।
यो पर्व साकेला शिली नृत्य गर्दै एक महिना लामो समयसम्म विभिन्न स्थानमा मनाइन्छ। साकेला नाचमा सहभागीहरू चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली जस्ता सांस्कृतिक सामग्री हातमा बोकेर गोलाकार रूपमा नाच्ने परम्परा छ।किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाजलगायत विभिन्न किरात समुदायका संघ–संस्थाहरूले संयुक्त रूपमा यस पर्वको आयोजना गरेका थिए।
# साकेला# उभौली
साहित्य/कला
रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु, सांस्कृतिक उत्सवको माहोल
द नेप्लिज संवाददातासीता जयन्ती श्रद्धापूर्वक मनाइँदै : आदर्श नारीको स्मृतिमा विशेष पूजा
द नेप्लिज संवाददातामुक्त आकाशका यात्री प्रदीप नेपाल
जितेन्द्र साहआशाका अधुरा अनुहारहरू
नोरा फतेही आज काठमाडौँमा नाच्ने
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares