६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

ताप्लेजुङमा आज रातिदेखि निषेधाज्ञा अन्त्य

द नेप्लिज संवाददाता
१३ फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फागुन ११ देखि लागू गरेको निषेधाज्ञा आज (मंगलबार) राती ११ बजेदेखि अन्त्य हुने सूचना जारी गरेको छ । 
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा मंगलबार साँझ जारी अर्को सूचनामा उक्त जानकारी गराइएको हो । जिल्ला सुरक्षा समितिले मंगलबार गरेको सिफारिस अनुसार निषेधाज्ञा अन्त्य भएको सूचनामा भनिएको छ । 
पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनमा उत्रिएका समूह र प्रहरीबिच फागुन १० को साँझ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा झडप भएको थियो । यसमा केही आन्दोलनकारी र प्रहरी घाइते भएका थिए । यसपछि पाथीभराको निर्माणाधीन केबलकार क्षेत्र र सदरमुकाम फुङलिङ बजारमा निषेधाज्ञा जारी भएको थियो । नो केबलकार समूहले सरकारले आह्वान गरेको वार्ताको माहोल बनाउन निषेधाज्ञा हटाउनु पर्ने सर्त  राखेको थियो ।
 

प्रकाशित : १३ फागुन २०८१, मङ्गलबार 21:16
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved